सेप्टेम्बरमा इबोला महामारी शुरू भएयता त्यहाँ २९ जनाको ज्यान गइसकेको छ भने ६३ जनामा संक्रमण पुष्टि भएको छ।
सीले शून्य कोभिडको नीतिलाई भाइरस फैलिनबाट रोक्ने जनताको लडाइँका रूपमा व्याख्या गरे।
मानन्धर जोशीको दीर्घजीवनको कारण उनको क्रियाशीलतालाई ठान्छन् भने रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा कसैको पनि बहुमत नआउने हुँदा गठबन्धनका दलहरू मिलेर चुनाव लड्नुपर्ने बताएका छन्। उनले अझै प्रतिगमनको खतरा रहेको समेत बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस र माओवादी केन्द्रले धेरै पहिलाबाट नै हँसिया-हतौडा र रूखलाई एक बनाइसकेको बताए। उनले मतदातालाई नअल्मिलइकन गठबन्धनलाई जिताउन आग्रह गरे।
संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरू पुगेका थिए।
Test
विभिन्न मुलुकले जेलमा रहेका आफ्ना नागरिकको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्। अमेरिकाले घटनाक्रमलाई आकस्मिक घटनाजस्तै पछ्याइरहेको बताएको छ भने बेलायतले घटनालाई चिन्ताजनक भनेको छ।
निशाले मैदानभित्र गरेको प्रदर्शनले प्रशिक्षकबाट जुन वाहवाही पाइन्, त्यो मैदानबाहिर अन्य खेलाडी र दर्शकबाट पाउन सकिनन्।
तीनपटक मदन पुरस्कार पाउने संस्कृतविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश डेंगीका बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।
भारतबाट शुरू भएको कलिङ्ग साहित्य महोत्सवको पहिलो काठमाडौँ संस्करण शुरू भएको हो।
स्थानीयले माछापुच्छ्रे बैंकको शाखाहित कार्यालयमा जम्मा गरेको पैसा एजेन्टले हिनामिना गरेका हुन्।
नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो। यसले नेपाली मुद्रालाई थप कमजोर बनाएको छ।
देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै बाबुरामले असन्तुष्टि व्यक्त गरेका छन्।
वाग्लेले युवा, रोजगारी र उद्यमशीलताको विषयलाई पनि प्राथमिकतामा दिएको पनि बताए। उनले घोषणापत्रमा जलवायु परिवर्तनको विषय पनि समेटिएको बताए।
गुन्डु गाउँका किसानहरू अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नजिकिँदै गरेको चाड तिहारमा विशेष माग हुने भएकाले काठमाडौँलाई लक्षित गर्दै माला उन्ने काम गरिरहेको स्थानीयबासीले बताए।
बाबुरामले देशकै ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेसले विद्वान व्यक्तित्वहरूलाई निर्वाचन लड्नबाट वञ्चित गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय गरेको बताए।
काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज, ललितपुरले जनाएको छ। अस्पतालका निर्देशक प्राडा. सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नआएकाले अवस्था चिन्ताजनक रहेको बताए। लामो समयदेखि पोष्टेड तथा मुटुको स…