भारतीय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी शशि थरुरलाई ६ हजार ८२५ मतान्तरले हराए।
नेपाल र चीनको सीमा क्षेत्र केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
इजरायल र प्यालेस्टाइनको द्वन्द्वले मध्यपूर्वमा चीर अशान्ति छ। दुई देशबीचको युद्ध र विवाद मत्थर हुनुको साटो झन् चर्किँदो देखिन्छ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डुआना लामाले ९ स्वर्ण र १ कास्यसहित १० पदक जितेर कीर्तिमान कायम गरेकी छन्। यो प्रतियोगितामा गौरिकाले भने ५ स्वर्ण र १ रजतसहित ६ पदकमा चित्त बुझाइन्।
जिल्ला अदातल काठमाडौँले सन्दीप लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।
ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा आर्मी क्लबले १६० पदकसहित फराकिलो अग्रता बनाएको छ।
तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।
कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थपिने भएको छ। बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।
सत्ता गठबन्धनमा आवद्ध तीन दलले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं शेरबहादुर देउवालाई निर्वाचनकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।
कोरोनाका कारण एयर होस्टेसको जागिर छुटेर खाली बसेकी स्वेतालाई प्रशिक्षक तथा राष्ट्रिय खेलाडी रोजेशले यस विधामा लाग्न सुझाएका थिए। उनको निगरानीमा स्वेताले केबल दुई महिना मात्रै तयारी गरेकी थिइन्।
विमान अवतरणका क्रममा एउटा इन्जिनमा आगो लागेपछि दुई जना पाइलटले हाम फालेर ज्यान जोगाएका थिए।
कुल १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मी ६१ स्वर्ण जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। एपिएफ दोस्रो र पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन्
चितवन-१ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका नेताहरूलाई व्यवस्थापन गर्दा पार्टीका प्रभावशाली नेताहरूलाई टिकट नपाएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ। आइतवार निधन भएका जोशी वाङ्मयका क्षेत्रमा सक्रिय थिए।
कृषिविज्ञहरूले नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने बताए।