मैदानको सुरक्षामा बाधा पुर्याएको आरोपमा ती बालकलाई जरिवाना गरिएको स्टेडियम व्यवस्थापकले जनाएका छन्।
भैरहवा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको बजेटबाट सुनवल सबस्टेसन निर्माण भइरहेको हो।
पोखरामा आयोजित कार्यकर्ता भेलामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण देश पुनः अस्थिरताको शिकार बनेको बताएका हुन्।
सीता दाहाललाई गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
लोकतान्त्रिक अभ्यासलाई पार्टीहरूले गठबन्धनका नाममा मिलिजुली खाने बाटो बनाउँदा लोकतन्त्रको मर्म नै कमजोर बन्दैछ।
चालक दलका सदस्यसहित ४३ जना सवार विमान खराब मौसमका कारण आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो।
हिमनदी र बरफ पग्लिने क्रम बढेपछि पछिल्लो ३० वर्षयता सामुद्रिक सतहको तह दोब्बर भएको भनिएको छ भने पृथ्वीको तापक्रम वृद्धिदर १ं.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य प्राप्तिमा कठिन हुने पनि भनिएको छ।
देवदहका ३६ वर्षीय बोलिन्द्र र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत भेटिएका छन्।
कर्णालीमा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेमा सबैभन्दा बढी जुम्ला र मुगुमा रहेको तथ्यांक कर्णाली प्रदेश सरकारको छ।
बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका सन्दीप लामिछानेको क्रिकेट करिअर जुनसुकै बेला ध्वस्त हुनसक्ने आकलन उनका अग्रजहरूले पहिल्यै गरेका थिए।
जुम्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट माओवादीकी गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानेन्द्र शाही उम्मेदवार बनेका छन्। उनीहरू बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
राति भने देशभर आंशिक बदली रहे पनि सामान्यतया मौसम सफा रहने विभागले जनाएको छ।
ढाका उद्योगमा काम गर्ने महिलाले मासिक सातदेखि २५ हजारसम्म कमाइ गर्ने गरेका छन्। यसका अतिरिक्त स्थानीयवासीले घर–घरमा घरेलु कपडा बुन्ने गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको विकासका लागि एमालेले निर्वाचन जित्नै पर्ने बताएका छन्।
पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि गोली चलेको थियो। उनको खुट्टामा गोली लागेको थियो।
प्राधिकरणले स्थानीयवासीले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ।
उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आइतबार निर्वाचन आयोगको विज्ञप्ति तत्काल कार्यान्वयन आदेश जारी गरेको छ।
सुपर १२ को अन्तिम खेलमा जिम्बावेमाथि ७१ रनको जित दर्ता गर्दै भारत समूहको शीर्षस्थानमा रहेर अन्तिम ४ मा पुगेको छ।
माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने पार्टीले निर्णय गरेको बताए।