बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेस अदालतले थोमस्सेज ब्याटरसी विद्यालयका उपप्रमुख म्याथ्यु स्मिथलाई बालयौन दुर्व्यवहारमा दोषी ठहराएको छ।
प्रशिक्षक टोलीसँगै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पनि भारतीय टोलीबाट आराम दिइएको छ।
जनमत पार्टीले आसन्न निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारी आफ्ना मुख्य मुद्दा भएको बताएको छ।
गतवर्ष फेयर ब्रेकमा टोर्नाडोस वुमेन्सबाट खेलेकी सीता रानामगर हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन भएकी हुन्।
निर्माणको क्षेत्रमा काम गर्न कठिन भएपनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको अनिताको अनुभव छ।
रुवान्डाले सन् २०१३ यता गरेकाे जलवायुसम्बन्धी रणनीतिक लगानीले कार्बन उत्सर्जन कटौती गर्न मद्दत गरेको छ।
तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।
च्याम्पियन्स लिगको इतिहासमा १४० गोल गर्दै कीर्तिमान बनाएका र रियल मड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेडजस्ता विश्वका ठूला क्लबबाट खेलिसकेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोकप जिताएका थिए।
रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।
गत भदौमा मूल्य वृद्धिदर ६ वर्षयताकै सबैभन्दा उच्च विन्दुमा पुगेको थियो। धान्नै मुस्किल हुने गरी मूल्यवृद्धि हुँदा पनि सरकारले नियन्त्रण गर्न नसकेको सर्वसाधारणको गुनासो छ।
प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
नेपाल बार एशोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकूल फैसला गर्न न्यायालयमाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ।
युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दाबी गरेको बताएको छ।
नेपालमा फिफा विश्वकप प्रत्यक्ष प्रसारण हेर्न थप शुल्क तिर्नुपर्ने कि नपर्ने भन्ने विवाद अदालतमा पुगेपछि यसको प्रसारण अधिकार लिएकाहरु नेपालीले विश्वकप नै हेर्न नपाउने अवस्था आउनसक्ने डर देखाइरहेका छन्।
नेकपा एमाले अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पुर्याउन कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताएका छन्।
नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जान सूचीकृत संस्थाको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने बताएको छ।
सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तर राखेको हो।
आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्यान्डले भारतलाई पराजित गरेको छ। आइतबार हुने फाइनलमा इङ्ग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।