AnonymousUser

Logout

सत्ता गठबन्धनले बागी उम्मेदवारलाई निस्तेज पार्न अधिकतम प्रयास गर्ने

बैठकले बागी उम्मेदवारलाई निस्तेज पार्ने विषयमा ध्यान दिन गठबन्धन दलका शीर्ष नेतालाई पुनः ध्यानाकर्षणसमेत गराएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणले बताएको छ।

हँसिया हथौडा र रूखबीचको सम्झौताले नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष दाहालले रूखले हँसिया हथौडा र हँसिया हथौडाले रूखमा मतदान गर्न हिच्किचाउन नपर्ने बताएका छन्।

पोखरा विश्वविद्यालयमा बीएएलएलबीको पढाइ

बिएएलएलबीकाे एक समूहमा ४० जना विद्यार्थी भर्ना लिने र शुल्क चार लाख रुपैयाँ लाग्ने पाेखरा विश्वविद्यालयले जनाएकाे छ।

क्यानविरुद्ध ज्ञानेन्द्रको त्यो विद्रोह, जसले रोहितलाई कप्तान हुने बाटो खोल्यो

करिब ११ महिनाअघि क्यानले गरेको केन्द्रीय सम्झौतामा रोहित नपरेपछि उनको पक्षमा विद्रोह गरेका तत्कालीन कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रले पद गुमाए, त्यहीँबाट रोहितका लागि ‘नयाँ ढोका’ खुल्यो।

ताप्लेजुङमा अटो दुर्घटना : दुई जनाको मृत्यु

फुङलिङ–८ मा भएकाे दुर्घटनामा ७४ वर्षीय धनबहादुर गुरुङ र उनका नाती ८ वर्षीय इसान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

मनोसामाजिक अपांगता भएकाको मताधिकार सुनिश्चित गर्न माग

विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपांगता भएकाहरू मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको बताइएकाे छ।

आजकाे मौसमः पहाडी भेगमा आंशिक बदली हुने

दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी  भेगमा आंशिक बदली रहरनेछ।

रोहित पौडेल नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त

क्यानले रोहितको कप्तानीमा आगामी २८ गतेदेखि युएईविरुद्ध हुने ओडीआई सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।

रुसले युक्रेनको खेरसन क्षेत्रबाट ३० हजार सैनिकलाई फिर्ता बोलायो

खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका छन्।

त्रिविका क्याम्पस र कार्यालयमा तीन दिन बिदा हुने

बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने बिदा दिने निर्णय गरेको थियो।

पाँच वर्ष पुराना मुद्दा हेर्न छुट्टै इजलास गठन गरिन्छ : कामु प्रधानन्यायाधीश कार्की

उनले पुराना मुद्दालाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीलाई समेत आग्रह गरे।

डेंगी संक्रमितले बर्दिबास अस्पताल भरिभराउ, परीक्षण गर्न किट अभाव

अस्पतालमा जाँचका लागि किट र उपचार प्रबन्धका लागि थप औषधिको आवश्यकता रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। 

४१ वर्षदेखि चुनाव लड्दै अर्जुननरसिंह : पञ्चायतदेखि गणतन्त्रसम्म निरन्तर उम्मेदवार

संसदीय निर्वाचनमा ४१ वर्षदेखि नुवाकोटबाट निरन्तर उम्मेदवार बनिरहेका अर्जुननरसिंह केसी नवौँपटक प्रतिस्पर्धामा छन्। उनी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र तीनै व्यवस्थामा लाभ लिने नेता हुन्।

काठमाडौंमा खुला रूपमा आगो बाल्न र फोहोर जलाउन नपाइने

काठमाडौं महानगरपालिकाले जनस्वास्थ्यसमेत प्रतिकूल असर पर्ने भन्दै खुल्ला ठाउँमा आगो बाल्न र फोहोर लगाउन रोक लगाएको छ।

साफ यू-१५ : बंगलादेशसँग बराबरी खेल्दै नेपाल च्याम्पियन

बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालकी गोलकिपर तथा कप्तान सुजता तामाङले उत्कृष्ट बचाउ गरिन्।

प्रधानमन्त्री कप: कीर्तिमानी योगफल पूरा गर्दै आर्मी फाइनलमा

जितका लागि ३०५ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। आर्मीले प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा गरेको हो।

पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल : किरण परेनन्, नवयुग फर्किए

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा फरवार्ड नवयुग श्रेष्ठ, विंगर आयुष घलान, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर निशान खड्काले पुनरागमन गरेका छन्।

राजीव गान्धीको हत्यामा संलग्न ६ जनालाई रिहा गर्न भारतीय सर्वोच्चको आदेश

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका र उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।

गुल्मी–२ : पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै

वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जित निकाल्न सहज देखिन्छ।