पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ।
हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनको २११ र डेमोक्रेट्सको २०४ सिट संख्या छ। हाउस अफ रिप्रिजेन्टेटिभ्सको कूल ४३५ सिटमध्ये बहुमत ल्याउन कुनै पनि पार्टीले २१८ सिट जित्नुपर्ने हुन्छ।
चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने सहभागी चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ। आक्रमणकारी सत्ता गठबन्धनका कार्यकर्ता रहेको आरोप रास्वपाको छ।
आइतबार ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरका २ लाख २८ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
मेयर शाहले काठमाडौंका सडकमा 'पिक एन्ड ड्रप'को व्यवस्था गरेर सवारी दुर्घटनामा कमी ल्याउन सकिने बताएका छन्।
आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदीकाे मूल्य ५ रुपैयाँले बढेको छ।
न परिवार नातागोता न घरबारको अत्तोपत्तो न आधिकारिक प्रमाण, नासेरीसँग आफूले बोकेका सीमित सामानबाहेक आफ्नो भन्ने कोही थिएन। उनलाई कोही खोज्न पनि आएन। न उनको आफ्नी आमा भेट्ने रहर पूरा भयो।
पाकिस्तानले ९ र इङ्ल्यान्डले हालसम्म २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ खेल जितेका छन्।
काेपमा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य संकट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता नपाएको विज्ञ बताउँछन्।
आईसीसीले आइतबार २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ।
ब्राजिलले विगत दुई वर्षमा एउटा मात्र खेल हारेको छ। कोपा अमेरिका २०२१ को फाइनलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता विश्वकप छनोटका १७ खेलमा ब्राजिल अपराजित रह्यो।
नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।
गत मंगलबारको भूकम्पले घर चर्किएका थिए। शनिबार फेरी भूकम्प आएपछि जोखिम हुने भएकाले घर बाहिर निस्कन प्रहरीले माइकिङ गरेको छ।
ज्ञानेन्द्र मल्लको ब्याट यसपटकको राष्ट्रिय प्रतियोगितामा मात्र नभएर तीन वर्ष यताका घरेलु क्रिकेटमा चल्न नसक्दा राष्ट्रिय टोलीमा नयाँ खेलाडीले ‘ढोका ढक्ढक्याउन’ थालेका छन्।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव एक हप्तादेखि कायमै छ।
शनिबार राति ८ बजेर १२ मिनेटमा पश्चिम नेपालका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।
साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोली शनिबार साँझ काठमाडौं फर्किएको छ।
प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए।
जितसँगै एपीएफले १० लाख पुरस्कार प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख प्राप्त गर्यो।