लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच प्रतिस्पर्धा हुने बताए।
स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ।
पार्टीभित्रको अन्तर्विरोध र निर्वाचन जित्ने सुनिश्चित नहुँदा लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले भावी मुख्यमन्त्री टुंगो लगाउन सकेका छैनन्।
पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि काठमाडौं उत्रिएको हो।
२०४८ सालको आमनिर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।
मुख्यमन्त्री पोखरेलले आफ्नै पार्टी (नेपाली कांग्रेस)बाट सरकारमा सहभागी मन्त्री खड्कालाई बर्खास्त गरेका छन्।
प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।
काठमाडौं– मंगलबार नेप्से परिसूचक समान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्से परिसूचक मंगलबार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ इन्डेक्स ०.४० अ…
निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ।
हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ।
ताइवान मामिलामा अमेरिकाको बोली र व्यवहार स्थिर हुनुपर्ने चीनको धारणा छ।
मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी हुँदा एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।
सरकारले निर्वाचनका लागि मंसिर २ गतेदेखि विदा दिने निर्णय गरेको छ। विदा मंसिर ५ गतेसम्म रहने गृहमन्त्रालयले जनाएको छ।
मुलुक निर्वाचनमा हाेमिएका बेला आफुहरूकाे उठीबास हुने गरी निकालिएकाे सूचना कुनै पनि हिसाबले न्यायसङ्गत नभएकाे र उक्त सूचना तुरुन्त फिर्ता लिन संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले माग गरेकाे छ।
सरकार विरोधी गतिविधि तथा ‘ईश्वर निन्दा’ गरेको आरोपमा इरानमा एकजनालाई मृत्युदण्डको सजाय दिइएको छ। त्यस्तै, इरानमा पछिल्लो समय भइरहेका आन्दोलनका क्रममा २० जनाभन्दा धेरैमाथि यस किसिमको मुद्दा चलिरहेको छ।
भर्जिनिया विश्वविद्यालयका विद्यार्थी चढेकाे बसमा अन्धाधुन्ध गोली चल्दा डेभिन चन्डलर, लाभेल डेभिस जुनियर र डिसेन पेरीकाे मृत्यु भएकाे छ।
विश्वकपमा समूह ३ मा परेको सर्बियाले लिग चरणमै ब्राजिल, स्विट्जरल्यान्ड र क्यामरुन जस्ता बलिया टोलीसँग खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ।
सम्मेलनको मुख्य नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ तय गरिएको छ।
नुवाकोटको दुप्चेश्वर–५ का २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो।