नेपाली यू–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक यम गुरुङले फ्लड लाइटमा अभ्यस्त नभएको कारण फाइनलमा बंगलादेशसँग पराजित भएको बताएका छन्।
अस्ट्रेलियासँगको टेस्टमा भारतका अनुभवी अफ स्पिनर रवीन्द्र जडेजाले बल टेम्परिङ गरेको आरोप लागेको छ।
जनमत पार्टीका अध्यक्ष राउतले वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिएर क्रान्तिको बीजारोपण गर्न सके मात्रै दलीय सिन्डिकेट तोडेर अघि बढ्न सक्ने दाबी गरे।
राष्ट्रपति भण्डारीले नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट विगतमा झैँ आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध हुने अपेक्षा गरिन्।
राष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण गर्दा वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले महिलामाथि हुने सबै प्रकरणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा जोड दिइन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिबाट उत्पन्न संकट हल गर्न तत्काल कदम चाल्न आवश्यक देखिएको बताएकी छन्।
सन्दीपलाई राष्ट्रिय टोलीमा राख्नुअघि महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरेको क्यानको दाबीको उक्त कार्यालयले खण्डन गरेको छ। सन्दीपबारे प्रतिस्पर्धी टोलीले पनि चासो राखेर विज्ञप्ति जारी गरेका छन्।
स्वदेश फर्किएको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए।
महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको ‘अडियो’ प्राप्त भएपछि छानबिनका लागि निलम्बन गरिएको हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ।
शुरूमा काठमाडौँको सरस्वतीनगरबाट गैँडाको एक थान खागसहित इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मा पक्राउ परेका थिए। त्यसपछि अरू १३ जना पक्राउ परेका हुन्।
बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्ने गरेका छन् ।
स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँ पाउन बाँकी भएकाले ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पतालले जनाएको छ।
एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई पटक–पटक आग्रह गरिएको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको भनाइ छ।
नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम सरकार पतनजस्ता घटनाले देश अर्को अस्थिरताको दुश्चक्रमा फस्नलागेको भट्टराईले दाबी गरेका छन्।
२०७२ कात्तिकमा रछिना एन्ड कन्स्ट्रक्सनले १८ महिनामा सक्ने गरी स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएको हो।
दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अधिकांश भूकम्पपीडितले खानेपानी, इन्धन र विद्युत् आपूर्तिको चरम संकटका कारण घरबाहिरै कष्टपूर्ण जीवन बिताइरहेकाले तत्काल सहयोगको खाँचो परेकाे विश्व स्वास्थ्य संगठनको भनाइ छ।
अहिलेको अवस्थामा फेरबदल नभए सुदूरपश्चिममा कुनै सरकारले विश्वासको मत नपाउने र प्रदेशसभा नै विघटनसम्म पुग्न सक्ने जोखिम देखिन्छ। तर, मुख्यमन्त्री फेरिएसँगै परिस्थिति फेरिने आकलन पनि भइरहेको छ।