AnonymousUser

Logout

यात्रु अलपत्र पारेको नेवानिले माग्यो माफी

विमानस्थलमा यात्रु अलपत्र पार्ने गरी नयाँदिल्लीका लागि दुई उडान रद्द भएपछि नेपाल वायु सेवा निगमले माफी मागेको छ।

आयातमा लगाइएको प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव

विद्युत‍्को आन्तरिक खपत बढाउनुपर्ने, नेपाल–भुटान–भारत–बंगलादेशसँगको क्षेत्रीय व्यापार बढाउन नेपाल र भुटानमा थप आयोजना निर्माण गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।

ब्राजिलको राष्ट्रपतिमा लुला निर्वाचित

लुलाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

प्रधानमन्त्री कप : पुलिस र गण्डकीको जित 

नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्।

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

एमालेले साउन २६ मा अध्यक्ष ओलीको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो।

सोमबार नेप्से १६.३९ अंकले बढ्यो

सोमबार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँबराबरको कारोबार भएको छ।

आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगिन् तोसिमा

आज मुद्दा दर्ता भए भोलि नै बहस हुनसक्ने सर्वोच्च स्रोतले जानकारी दियो। तोसिमाको तर्फबाट वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले बहस गर्नेछन्।

सन्दीप लामिछानेविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता

सरकारी वकिलको कार्यालयले बलात्कार कसुरमा उनलाई १० देखि १२ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको हो।

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारणासहित केन्द्र र स्थानीय गरी २ तहको सरकार हुनुपर्ने शासकीय संरचना अघि सारेको छ।

नेकपा (एस) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिएका हुन्।

प्रसूति सेवा हुनु त यस्तो पो !

प्रसूति सेवाका लागि निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ।

माओवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

माओवादीले घोषणापत्रमा किसान र मजदुरको प्रतिनिधित्व न्यूनतम १० प्रतिशत बराबर हुनुपर्ने ठहर गरेको छ।

गुजरातमा झोलुंगे पुल चुडिँदा १४१ जनाको मृत्यु

क्षमताभन्दा बढी मानिस चढ्दा पुल चुडिएको अनुमान गरिएको छ। घटनामा १०० जना घाइते भएका छन् भने ५० जना अझै हराइरहेका छन्।

आजको मौसमः आंशिक बदलीसँगै छिटफुट वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

भारतको गुजरातमा पुल भाँचिँदा ३२ जनाको मृत्यु

गुजरातका गृहमन्त्री हर्ष संघवीले ७० जना अस्पताल भर्ना भएको जानकारी दिए। घाइतेलाई राजकोट सिभिल अस्पतालमा ल्याइएको छ।

गोरखाको विकासका लागि प्रचण्डबाहेक अर्को विकल्प छैन : बाबुराम भट्टराई

डा. भट्टराईले मतदातासँगको भेटघाटममा बोल्दै गोरखालाई विकास र समृद्धिको मोडल बनाउने सपना निर्वाचन जितेर गएपछि प्रचण्डले मात्र पूरा गर्नसक्ने बताए।

शशांक कोइराला अस्वस्थ, अस्पताल भर्ना

अस्पतालका आवासीय निर्देशक डा. मनोहर प्रधानले कोइरालाको दिमाग (ब्रेन)मा रक्तप्रवाह कम भएको बताए।

संकल्पपत्रमा सुशासन र आर्थिक विकासलाई जोडः कांग्रेस

नेपाली कांग्रेस पार्टीको संकल्पपत्रका मस्यौदा समितिका संयोजक रहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले लक्ष्य तथा आंकडा अध्ययन र विकासका स्थापित सैद्धान्तिक मान्यताका आधारमा तय गरिएको बताए।

नेपालगञ्ज म्याराथनलाई एम्सको सदस्यता

गत महिना एम्सबाट नेपालगञ्ज म्याराथनको रूट प्रमाणीकरण भएको थियो।

माओवादीको चिन्ताः कांग्रेसको भोट हँसिया हथौडामा कसरी खन्याउने!

स्थानीय तहमा कांग्रेसले पाउने मत आफ्ना उम्मेदवारलाई नआएको बताउँदै आएको माओवादी केन्द्रले यसपटक गठबन्धन दलको मत तान्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ।