भारतले नेपाललाई २० वटा मिर्गौला डायलाइसिस मेसिन हस्तान्तरण गरेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने पाँचवटा निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।
पर्वतबाट यस वर्ष झण्डै ३० करोड रुपैयाँ बराबरको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको छ।
जनता समाजवादी पार्टीले आगामी चैतमा विधान अधिवेशन गर्ने भएको छ।
पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ।
आगामी चैत मसान्तभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने बागलुङ ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल भवनको निर्माण अहिलेसम्म पनि शुरू भएको छैन।
राष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ।
आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन्।
एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट भावी राष्ट्रपति उम्मेदवारबारे पार्टी कमिटीमा छलफल चलाएका छैनन्। आफूले चाहेको पात्रलाई नै राष्ट्रपतिमा अघि सार्न प्रधानमन्त्रीसँग उनी एक्लै निरन्तर छलफलमा छन्।
स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने माओवादी महासचिव गुरुङको भनाइ छ।
प्रजातन्त्र दिवसमा कांग्रेस ‘कतै नदेखिनु’ पछिल्लो दृष्टान्त मात्र हो। आकारमा पहिलो दल भए पनि भूमिकामा कांग्रेसलाई देख्ने–सुन्ने बन्न नदिने काम अरूले नभई कांग्रेसभित्रकै भद्रगोल अवस्थाले गरिरहेको छ।
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास गरेका छन्।
आमाको दुध सेवन गर्न नपाएका वा नसकेका नवजात शिशुका लागि अन्य सुत्केरीले दान गरेको दुध खुवाउन थापाथलीस्थित प्रसूति अस्पतालले ‘अमृत कोष’ शुरू गरेको छ।
जजिराले फागुन २५ गतेदेखि हप्ताका तीन दिन शनिबार, मंगलबार र बिहीबार उडान गर्ने भएको छ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भए पनि ठोस निर्णय नभएको जसपा प्रवक्ता प्रकाश अधिकारीले बताए।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य रक्षक गीता राना देब्रे खुट्टामा लागेको चोटका कारण करिब ५ महिना मैदान बाहिर रहने भएकी छन्।
वार्षिक तीन लट च्याउ उत्पादन हुने र प्रत्येक लटमा करिब १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ।
सभामुख देवराज घिमिरेले देशलाई थुप्रै ऐन-कानून आवश्यक देखिए पनि संसद्को ध्यान कानून निर्माणतिर जान नसकेको बताएका छन्।
भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय महिला टोली आइतबार स्वदेश फर्किएको छ।