आर्मीले फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ।
चीन, भारत र पाकिस्तानसहित ३२ राष्ट्र तटस्थ बसेका छन्। बेलारुस, उत्तर कोरिया, इरिट्रिया, माली र निकारागुवाले विपक्षमा मतदान गरेका छन्।
बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रस्ताव गरेका हुन्।
राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक बिना निष्कर्ष टुंगिएको छ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि रहेको म्यान्चेस्टर युनाइटेड लिग कपको फाइनलमा पुगिसकेको छ।
बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रामपुर नगरपालिका–७ का तुलबहादुर थापाले २४ वर्ष भारतीय सेनामा बिताए। त्यसपछि गाउँ फर्किएर कुखुरा र कालिजपालन व्यवसाय थालेका थापा भन्छन्, “बजारको माग धान्न मुस्किल छ।”
स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका रामोसले २३ गोल गरेका छन्।
माओवादीसहितका तीन दलले आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने बताइएको छ।
भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा २२ अर्ब २० करोड रुपैयाँको तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब ९० लाखको निर्यात भएको थियो।
प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
माओवादीसहितका तीन दलबीच बिहीबार साँझ भएको माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमतिमा शुक्रबार कांग्रेसले दिने ‘राय’ राजनीतिक विकासक्रममा निर्णायक हुनेछ।
वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार महानगरले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोस्ट मल बनाउनका लागि तयारी गरिरहेको छ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
झापा गोल्डकप र केपी ओली कपको तालिका जुधेसँगै खेलाडीलाई रातारात झापा–काठमाडौँ गर्नुपर्ने आपत् क्लबहरूलाई आइपरेको छ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारको मनोनयनको दिन, फागुन १३ गते बिहान मात्र आफ्नो पार्टीले राष्ट्रपति उम्मेदवारको नाम घोषणा गर्ने बताए।
जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेससमेतको सहभागितामा बैठक बस्ने छ।
सन्दीप लामिछाने माथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै उनका वकिल सरोज घिमिरेले सर्वोच्चमा निवेदन दिएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन्।
चक्रपथको दोस्रो खण्ड विस्तारमा भएको प्रगति तथा अवरोधबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र निर्माण पक्ष चिनियाँ टोलीले संयुक्त अनुगमन गरेको छ।