AnonymousUser

Logout

इक्वेडर भूकम्प : मृत्यु हुनेको संख्या १२ पुग्यो 

भूकम्पका कारण दक्षिणी एल ओरा प्रान्त सबैभन्दा बढी प्रभावित छ। अधिकांश सडक अवरुद्ध भएका छन्। घर, शैक्षिक तथा स्वास्थ्य सेवाका भवन क्षतिग्रस्त भएको स्थानीय अधिकारीले जनाएका छन्।

प्रधानमन्त्रीलाई विश्वासको दिने र सत्तापक्षको बेन्चमा बस्ने कांग्रेसको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि मात्रै सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने कांग्रेसले जनाएको छ। 

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक हतारमा पारित गर्ने सत्ताधारी दलको प्रयास, द्वन्द्वपीडित असन्तुष्ट

फागुन २५ गते संसद्‌मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकलाई फास्टट्र्याकबाट पारित गर्ने योजना बनाएर सत्तापक्षले गम्भीर अपराधका घटना सामान्यीकरण गर्न खोजेको द्वन्द्वपीडितको गुनासो छ।

सुदूरपश्चिममा सवारी दुर्घटना : ३ वर्षमा ५०३ जनाको मृत्यु

चालक तथा यात्रुले ट्राफिक नियम नमान्दा धेरै दुर्घटना हुने गरेका छन्। यसको न्यूनीकरणका लागि छड्के जाँच, जनचेतना फैलाउने, टाइम कार्ड र ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

स्ववियु नेतृत्वका लागि मतदान जारी, सुरक्षा व्यवस्था कडा

स्ववियु नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि शुरू भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ।

चिसो घटेसँगै मुस्ताङमा पर्यटकको चहलपहल 

मुस्ताङ आउने धेरै पर्यटक मुक्तिनाथ र कतिपय कोरला नाकासम्म नै पुगेर फर्कन्छन्। भौगोलिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक र पदयात्रा रुचाउने पर्यटकको आकर्षक गन्तव्य हो।

प्रतिनिधिसभा बैठक आज : प्रधानमन्त्रीले टीआरसी विधेयक पेस गर्दै

प्रधानमन्त्री दाहालविरुद्ध फौजदारी अभियोगको मागसहित मुद्दा दर्ता भएपछि सरकारले टीआरसी विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो। १० दलीय गठबन्धनले टीआरसी विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ।

स्ववियु निर्वाचन आज : बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुँदै

काठमाडौँ उपत्यकामा ६६ हजार ५०० र उपत्यकाबाहिर ९५ हजार ५०० विद्यार्थी निर्वाचनमा सहभागी हुँदै छन्। दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध भइसकेको छ।

कस्तो छ आइतबारको मौसम?

पहाडी र तराईका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

स्ववियु चुनाव : भक्तपुर र सानोठिमी क्याम्पसमा ९ सय प्रहरी खटाइँदै, ३ तहको सुरक्षा व्यवस्था

स्ववियु चुनावमा मतदान केन्द्रको सुरक्षार्थ ९०० प्रहरी खटाइएको छ भने 'स्ट्राइकिङ फोर्स', डीआईजीको निर्देशनमा रहेको ब्याक–अप प्रहरी तयार अवस्थामा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने १० दलीय गठबन्धनमा समझदारी

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा एकमतका साथ प्रस्तुत हुने १० दलीय गठबन्धनमा सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शहर पसेपछि दूषित बन्छ बागमती, बागद्वारदेखि टेकुसम्मको यात्रा (भिडियो)

काठमाडौँको जनसंख्या बढ्दै जाँदा २०२३ सालमा सुन्दरीजलबाट बागमतीको पानी ल्याएर वितरण थालिएपछि नदीको बहाव घट्यो। वस्ती बढ्दै जाँदा बागमतीमा पानी नभएर फोहोर मात्र बग्न थालेको धेरै वर्ष भइसकेको छ।

आर्मीको पुनरागमन जित, पुलिसले एनआरटीसँग अंक बाँड्यो

'ए' डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा आर्मीले फ्रेन्ड्सलाई पराजित गरेको छ भने पुलिस र एनआरटीले बराबरी खे‍ल्दै अंक बाँडेका छन्।

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक समितिमा पठाएर छलफल गर्नुपर्छ : एमाले

एमाले प्रमुख सचेतक पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकार आयोगले नियालिरहेकाले हतारिएर पारित गर्न नहुने बताएका छन्।

द्वन्द्वकालीन न्यायसम्बन्धी संशोधन विधेयक आइतबार प्रतिनिधिसभामा पेस हुने

द्वन्द्वकालीन न्याय निरूपणका सम्बन्धमा बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक आइतबार प्रतिनिधिसभामा पेस हुने भएको छ।

नेपालमा पर्यटननीति नभएको मन्त्री किरातीको स्वीकारोक्ति

मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि नीति अभावका कारण समस्या भएको बताएका छन्।

गल्ती स्वीकार नगर्नेहरूसँग गठबन्धन हुन सक्दैन : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष मावध नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताएका छन्।

पालैपालो धराशायी बन्दै अमेरिकी बैंक, नेपालमा कस्तो असर पार्ला?

अमेरिकामा बैंकहरू पालैपालो धराशायी बन्न थालेपछि अर्थविद्हरूले यसलाई आर्थिक मन्दीको संकेत मान्न थालेका छन्।

सुदूरपश्चिम प्रदेशले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई २-२ लाख दिने

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने अन्य खेलाडीलाई समेत प्रोत्साहन स्वरूप नगद पुरस्कार दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले जानकारी दिए।

व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्न तयार छु: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।