गठबन्धनबाट उम्मेदवारी दिएका रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेले उजुरी दिएको छ।
दिउँसो देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन विदेशी दातृ निकायले उपलब्ध गराएका विद्युतीय सवारीसाधन दुई वर्षदेखि थन्किदा सञ्चालनका लागि सरोकारवाला निकायको चासो पुगेको छैन।
एमाले अध्यक्ष ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलीय गठबन्धन बनाइएका टिप्पणी गरेका छन्।
साउदी अरबमा आयोजित विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स–२०२२ मा सिर्जनाले विश्व वरीयतामा दोस्रो र तेस्रो स्थानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन्। चीनमा हुने एशियाडमा पनि उनको लक्ष्य स्वर्ण नै छ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले केही दिनमा समाजवादी मोर्चा बनाएर कम्युनिस्टहरूको एकताका निम्ति बहस शुरू गर्ने बताएका छन्।
‘ए’ डिभिजन लिगमा पुलिसले लगातार तेस्रो हार बेहोरेको छ भने जावलाखेल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै एमालेले उजुरी दिएको छ।
जसपाका तर्फबाट उपराष्ट्रपतिमा मनोनयन दर्ता गरेकी प्रमीला यादवले आफ्नो पार्टीको दुईमध्ये आधिकारिक उम्मेदवार को रहने भन्ने आइतबार थाहा हुने बताएकी छन्।
जनमत पार्टीका अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउन छलफल जारी राख्ने समझदारी भएको बताएका छन्।
नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
उपराष्ट्रपति निर्वाचनका लागि सत्तागठबन्धनमा आबद्ध दलहरूका तर्फबाट तीन जना र नेकपा एमालेका तर्फबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ।
उपराष्ट्रपतिमा पदका लागि जसपाबाट प्रमीला यादव र जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले मनोनयन दर्ता गराएकी हुन्।
संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत नै लगाउनुपर्ने सापकोटाको भनाइ छ।
तेस्रो कार्यकाल सम्हाल्नुअघि सी चिनफिङले चीनले निजी क्षेत्रको गुणस्तर बढाएर अर्थतन्त्रलाई प्राथमिकता दिने बताएका छन्।
गठबन्धन बैठकले साझा उम्मेदवार तय गर्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।
शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
सडक र ढल बनाउने निकायबीच समन्वय हुन नसक्दा यस्तो समस्या भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठकाे भनाइ छ।