प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि मात्रै सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने कांग्रेसले जनाएको छ।
काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार बैठकले आजको संसद्को सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेपछि सरकारमा सहभागी हुने विषयमा पनि निर्णय हुने उनले जानकारी दिए।
प्रधानमन्त्री दाहाल विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारीमा छन्। लगत्तै कांग्रेस लगायतका दल पनि सरकारमा सहभागी हुने बताइएको छ। प्रधानमन्त्री दाहाललाई पुस २६ मा कांग्रेसले विश्वासको मत दिएको थियो। तर, त्यतिबेला प्रतिपक्षीकै बेन्चमा बसेको थियो।
सरकारलाई विश्वासको मत दिएपछि प्रतिपक्षी हुने की सत्तापक्ष भन्ने विवाद कायम थियो। पछि संघीय संसद् सचिवालयले कांग्रेसको भूमिका प्रतिपक्षीमै रहने बताएको थियो।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
