नेकपा एमालेले पार्टी प्रमुख सचेतक र सचेतकमा सांसदहरू पदम गिरी र महेशकुमार बर्तौलालाई नियुक्त गरेको छ।
आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ भने एक अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले वर्तमान सरकारमा आफू मन्त्री बन्न नमिल्ने बताएका छन्।
नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गर्दै आगामी चार वर्षका लागि ओडीआई मान्यता कायमै राखेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माणका क्रममा हुने ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा क्रमिक सुधार आएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संकटतर्फ गइरहेको अर्थतन्त्रलाई सरकारले सुधारतर्फ अग्रसर गराएको बताएका छन्।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको छ।
रोहित पौडेलले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ११२ बलमा ९ चौका प्रहार गरे।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
सुदूरपश्चिमको विकासको ढोका खोल्ने भन्दै निजी क्षेत्रले २०५२ सालदेखि बनाउन माग गरेको आधुनिक व्यापारिक नाका निर्माण प्रक्रिया थालिएको छ। अहिले यहाँका व्यापारी नेपालगन्जबाट आयात–निर्यात गर्छन्।
यादवविरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेदवारी कायम गर्ने निर्णय भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
रोहित पौडेलले ८३ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाएका छन्। उनी ओडीआईमा सर्वाधिक अर्शतक प्रहार गर्ने नेपाली खेलाडी पनि बनेका छन्।
औद्योगिक ग्राम निर्माणमा स्थानीय तहले तदारुकता नदेखाएको गण्डकी प्रदेश उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यको भनाइ छ।
आसन्न स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले तालमेल गर्ने भएका छन्।
ओखलढुंगाबाट काठमाडौँ आइरहेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
विकट बस्तीसम्म स्वास्थ्य सचेतना पुर्याउन अभियान थालिएको इनरुवा अस्पतालका प्रमुख डा. देवराज घिमिरेले बताए।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।
लिभरपुल २६ खेलबाट ४२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।
सिकलसेल सरुवा रोग भने होइन। रोगवाहक आमाबाबुको जिनका कारण यो रोग सन्तानमा देखा पर्छ।