फरवार्ड काइलियन एम्बाप्पेको दुई गोल प्रेरित फ्रान्स एक खेल बाँकी छदै कतार विश्वकपको अन्तिम १६ मा पुगेको छ।
कतार विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको छ।
कतारमा जारी विश्वकपमा शनिबार राति सम्पन्न खेलमा पोल्यान्डले साउदी अरबलाई पराजित गरेको छ।
शनिबार साँझ इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फ केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिएको भन्दै सचेत रहन निर्वाचन प्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाहरू कोही एमालेको राजनीतिबाट आएका छन् भने कोही विभिन्न व्यवसायमा संलग्नहरू छन्।
मतगणना नसकिँदै सरकार बनाउने छलफल थालेका ठूला दलले ‘निर्णायक’ मानिएका साना दलको सहयोग अहिलेसम्म खोजेका छैनन्। साना दल भने ठूला दलको निर्णय पर्खेर बसेका छन्।
नेपालको हिमाली क्षेत्रमा खिचिएको भनिएका हिउँ चितुवाका तस्वीरहरू 'फेक' भएको दाबी गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
सर्बियाविरूद्धको खेलमा ब्राजिलले जित निकाले पनि मुख्य फरवार्ड नेयमार घाइते भए। यो विश्वकपमा कम्तिमा दुई खेल गुमाउने निश्चित भएका उनी अधिकांश ठूला प्रतियोगितामा विपक्षी खेलाडीको 'तारो' हुने गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन्।
फिफा विश्वकप फुटबलमा शनिबार समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेल हुनेछन्।
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मतको ‘थ्रेसहोल्ड’ पनि पार नगर्ने सम्भावना देखिएपछि एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको भविष्यबारे विभिन्न आकलन हुनथालेका छन्।
महाथीर मोहम्मद सन् १९८१ देखि २००३ सम्म लगातार २२ वर्षसम्म मलेसियाका प्रधानमन्त्री बनेका थिए। २००३ मा राजनीतिबाट अवकाश लिएका उनी पुनः राजनीतिमा फर्किए पनि पछिल्लो चुनावमा पराजित भएका छन्।
नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन विभिन्न विकल्प खोजी गर्ने क्रममा माओवादीले ‘धोका दिएको’ अवस्थामा के गर्ने भन्नेबारे छलफल अघि बढाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान ऐनको दफा ४(ख)ले आयोगको संवैधानिक क्षेत्राधिकारलाई संकुचित बनाएको रिट निवेदकहरूले बताएका छन्।
सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर विजयी भएका छन्।
शुक्रबार सम्पन्न खेलमा बागमतीले प्रदेश-१ लाई ७२ रनले पराजित गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने प्रमुख पदाधिकारीहरूले भोगेको पराजयलाई एमाले वृत्तमा सहज रूपमा लिइएको छैन।