AnonymousUser

Logout

नेपाल अल्पविकसितबाट विकसित मुलुक बन्ने प्रक्रियामा छ : अर्थसचिव राया

अर्थसचिव तोयम रायाले सन् २०२६ सम्म नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुक बन्ने प्रक्रियामा रहेको बताएका छन्।

लघुवित्त र मिटरब्याज पीडितको माइतीघरमा विरोध प्रदर्शन [तस्वीरहरू]

प्रदर्शनकारीहरूले लघुवित्त र मिटरब्याजीहरूले ऋण मिनाहा गर्नुपर्ने, किसानलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्। 

प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्ने, ‘ओभरस्टाफिङ’ कटौती गरिने

प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने भएको छ।

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित ६ जना कारागार चलान

ठगी प्रकरणमा मुछिएका पृथ्वीबहादुर शाहसहित ६ जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

विश्वप्रकाश शर्माको प्रस्ताव– दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गरौँ

कांग्रे‍स महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

चीनलाई चुनौती : अमेरिका, बेलायत र अस्ट्रेलियाबीच न्यूक्लियर पनडुब्बी बनाउने सम्झौता

अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनलाई चुनौती दिन न्युक्लियर क्षमताको अत्याधुनिक पनडुब्बी बनाउनेसम्बन्धी नयाँ योजना सार्वजनिक गरेका छन्।

मानवअधिकार आयोगलाई धम्क्याइँदै छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगलाई तर्साउने, धम्क्याउने काम भइरहेको बताएका छन्।

ब्याजदर घटाउन माग गर्दै उद्योगी–व्यवसायीले गरे राष्ट्र बैंक घेराउ

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले राष्ट्र बैंक अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन्।

अस्वाभाविक हिमपहिरोले जोखिममा पथप्रदर्शक, हिमाल छाडेर विदेश पलायन

अस्वाभाविक रूपमा हुने हिमपात र हिमपहिरोमा परी पथप्रदर्शकहरूको ज्यान गइरहेको छ। पछिल्लो १० वर्षमा हिमपहिरोसहितका दुर्घटनामा परेर १७७ आरोहीको हिमालमै मृत्यु भएको छ। त्यसमध्ये ६८ जना पथप्रदर्शक हुन्।

नेपाल कहिल्यै मृत्युदण्डको पक्षमा जानुहुँदैन : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मृत्युदण्ड कानूनको पक्षमा नरहेको बताएका छन्।

भारतविरुद्धको एकदिवसीयमा अस्ट्रेलियाको कप्तानी स्मिथले गर्ने

भारत र अस्ट्रेलियाबीच तीन एकदिवसीय शृंखला शुक्रबार शुरू हुँदैछ। यो शृंखलामा उपकप्तान स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन्।

विदेशी लगानीकर्ताका समस्या समाधान गर्न ‘एकल बिन्दु सेवा’ शुरू गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न सरकारले कानून बनाएर अघि बढ्ने बताएका छन्।

कार्यपालिका बैठक भत्ताबाट शिक्षकलाई तलब 

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिका बैठक भत्ताकाे बजेटबाट नयाँ शिक्षक राखेकाे छ। मासिक २० हजार रुपैयाँ दिएर पालिकाले १२ जना शिक्षक राखेकाे हाे।

केन्द्रीकृत मानसिकताबाट प्रदेशको विकास हुन सकेन : मुख्यमन्त्री अधिकारी

लामो संघर्ष र बलिदानका उपलब्धिका रूपमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको अधिकारीको भनाइ छ। 

उपराष्ट्रपति निर्वाचन : मंगलबार रातिदेखि प्रचारप्रसार निषेध

निर्वाचन आयोगले उम्मेदवारको पक्ष तथा विपक्षमा लाग्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरेको छ।

एकैदिन प्रतितोला १६०० रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ।

साप्सुखोला–विजयखर्क खानेपानी आयोजनामा लापरबाही

दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार र उपभोक्ता समितिले लापरबाही गरेको पाइएको छ।  

बान्द्रेगाउँमा खानेपानीको हाहाकार

बागलुङ नगरपालिका–५ को बान्द्रेगाउँमा खानेपानीको अभावका कारण गाउँ छाडेर जानेको लहर नै चलेको छ। खानेपानी समस्याको दीगो समाधानका लागि पहल नभएको स्थानीयको भनाइ छ।

स्वदेश फर्कियो नेपाली यू–२० टोली 

प्यालेस्टाइनमा भएका दुवै खेल जितेर नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड दुवैलाई समान ६–० ले पराजित गरेको थियो।

पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ अभियान

बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।