तीन दिने रुस भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँगको सम्बन्ध एकीकृत र विकसित गर्नु चीनको रणनीतिक छनोट भएको बताएका छन्।
एमालेले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रूपमा आत्मसात् गरेको ओलीको भनाइ छ।
विश्वकप छनोटमा पुगेर आफ्नो गृह जिल्ला र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेकाले रोहितलाई सम्मान गरिएको नगरप्रमुख श्रेष्ठले बताएका छन्।
काठमाडौँ उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने ५ लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन्।
प्रतिनिधिसभामा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रधानमन्त्री दाहालविरुद्ध सर्वाेच्चमा विचाराधीन मुद्दा प्रभावित गर्न र युद्ध–अपराधका पीडकलाई जोगाउन केन्द्रित रहेको सरोकारवालाहरूको निचोड छ।
बझाङ सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न छ दिन पैदलयात्रा गर्नुपर्छ। आउन–जान २० हजारभन्दा धेरै खर्च लाग्छ। त्यसैले पनि नागरिकताप्रति स्थानीयलाई चासो छैन।
घर बहालका समस्या समाधानका लागि महानगरले घरधनी र भाडामा बस्नेबीच लिखित सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने व्यवस्था गरेको छ।
दुर्घटनामा भजनी नगरपालिका–९ की ४६ वर्षीया दिलरानी चौधरी र १४ वर्षीया चाहना चौधरीको घटनास्ठलमा नै मृत्यु भएको छ।
निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि मंगलबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ।
मंगलबार दिउँसो पहाडी र तराईका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मन्त्रिपरिषद्को बैठकले प्रमाणीकरणमा 'अयोग्य' ठहर भएका द्वन्द्वकालका लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने भएको छ।
महान्यायाधिवक्ताले रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरे पनि यो प्रकरण सम्पूर्ण रूपले टुंगिएको छैन।
अमेरिकामा तीन वटा बैंक धराशायी भएको खबरले विश्वको बैंकिङ प्रणालीमा पर्न सक्ने जोखिमको त्रासका बीच क्रेडिट स्विसलाई यूबीएसले प्राप्ति गरेको छ।
साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको छ।
अमेरिकी आक्रमणको २० वर्षपछि पनि इराकीहरू युद्धले दिएको पीडा बोकेर हिँडिरहेका छन्। तर अमेरिकाले अहिलेसम्म इराकमाथि आक्रमण गर्नुको औचित्य पुष्टि गर्न सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन सरकारलाई समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल गर्ने बताएका छन्।
सार्वजनिक ऋण लिएर सरकारले पूर्वाधार निर्माणमा खर्च गरे पुँजी निर्माण भएर आर्थिक वृद्धिदर बढ्छ। तर सदुपयोग नगर्दा आर्थिक दायित्व बढ्दै गई मुलुक नै ऋणको पासोमा पर्ने जोखिम भएको विज्ञहरू बताउँछन्।
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन आगामी पाँच वर्ष नै टिकेर देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताएका छन्।