AnonymousUser

Logout

बेसबल जोगाउन जो १५ वर्षदेखि बिनातलब प्रशिक्षण दिइरहेछन्

धेरैले थाहा नभएको विषय हो, नेपालसँग पनि बेसबलको राष्ट्रिय टिम छ र त्यसका अधिकांश सदस्य पहिला फुटबल खेलाडी थिए। ती खेलाडीलाई बेसबल सिकाएर राष्ट्रिय टिमसम्म पुर्‍याउने काम रोशन थापाले गरिरहेका छन्।

एआईजीमा बढुवाका लागि ४ जना सिफारिस

सोमबार बसेको बढुवा समितिको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको छ।

साँझसम्म भागबन्डा टुंग्याएर मंगलबार सरकार विस्तार गर्ने तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन्।

घट्यो सुनचाँदीको मूल्य 

छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

टीआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

संघीयता कार्यान्वयनसँग सम्बन्धित अन्य विधेयक र ऐन कानुन संशोधनका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जनताको सुख दुःख बुझेर सेवा गर्ने उच्चतम अठोट र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताएका छन्। 

२ पटक म्याद सकियो, भएन कालोपत्रे

बागलुङको गलकोट र ताराखोला जोड्ने सडक दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत कालोपत्रे हुन सकेको छैन। 

अफगानिस्तानले जित्यो पाकिस्तानविरुद्धको टी२० सिरिज 

दोस्रो खेलमा आइतबार राति पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै सिरिज जितेको छ।

कस्तो छ सोमबारको मौसम?

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

हङकङमा सुरक्षा कानून लागू भएयता पहिलो पटक विरोध प्रदर्शन

चीनले सन् २०२० को जुनमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेयता पहिलो पटक हङकङमा सडकमा विरोध प्रदर्शन गरिएको छ।

यू–१७ महिला च्याम्पियनसिप : नेपाल रसियासँग पराजित

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल रसियासँग पराजित भएको छ।

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन सम्पन्न गर्न विद्युत् प्राधिकरणको ताकेता

नेपाल विद्युत् प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन आगामी वर्षायामभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

निर्देशिका पालना गर्दैनन् स्कुल बस चालक, यान्त्रिक अवस्था पनि कमजोर

ट्राफिक प्रहरीले आइतबार गरेको विशेष जाँच अभियानका क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका १४ वटा स्कुल बसका चालकलाई कारबाही गरेको छ।

सत्य निरूपणसम्बन्धी संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतले पारित भएको छ।

एयर इन्डियालाई नेपाल उड्डयन प्राधिकरणले पठायो पत्र

उड्डयन प्राधिकरणले एटीसीको अनुमतिबिना उचाइ घटाइ नेपाल एयरलाइन्सको जहाजसँग जहाज ठोक्किन लागेको विषयमा एयर इन्डियालाई पत्राचार गरेको छ।

साफ यू-१७ महिला च्याम्पियनसिपबाट बाहिरियो भुटान

साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसँग ९–० गोल अन्तरले पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिएको छ।

गृह, अर्थ र परराष्ट्र मन्त्रालयमा दाबी गरेका छैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्रीलाई देशको अर्थतन्त्र राम्ररी बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउन सुझाव दिएको बताएका छन्।

नियुक्ति नै नपाएको व्यक्तिलाई शिक्षक कायम गर्ने ६ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता

नियुक्ति नै नपाएको व्यक्तिलाई झुट्टा सरुवापत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको आरोपमा बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

ट्युनिसियामा आप्रवासी सवार डुंगा डुब्दा १९ जनाको मृत्यु

इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासीहरू सवार डुंगा ट्युनिसियाको तटीय क्षेत्रमा डुब्दा १९ जनाको मृत्यु भएको छ।

विशेष अदालतले चुडामणि शर्माविरुद्धको मुद्दामा चैत १९ गते साक्षी बुझ्ने

आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा ढकालविरुद्धको मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिँदै चैत १९ गतेको लागि पेसी तोकेको छ।