सांसद रावलले मेडिकल व्यवसायीसँग २ करोड मागिएको अडियोको विषयमा पार्टी विषयले भन्दा पनि घटना सत्य हो या होइन तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताएकी छन्।
एमाले सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विषयगत समितिमा लगेर छलफल गरी पारित गर्नुपर्ने, त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै पारित गर्नुपर्ने बताएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समिति गठनका लागि मंगलबार बेलुकासम्म सदस्यको नाम पठाउने सहमति गरेको छ।
अदालतको फैसलाको औपचारिक पत्र प्राप्त भएपछि लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाइने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए।
सबस्टेसनबाट विद्युत् आपूर्ति शुरू भएपछि गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ।
क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले एसीसी प्रिमियर कप प्रतियोगिताअघि ओमानसँग अभ्यास खेल खेल्न लागिएको बताएका छन्।
चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।
नेपालको महिला क्रिकेट टोलीले १६ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा महत्त्वपूर्ण सदस्य रहेकी ऋतु कनौजिया अहिले पनि सुदूरपश्चिमबाट खेलिरहेकी छन्। उनी प्रदेशको कप्तान र प्रशिक्षक दुवै हुन्।
संघीय संसद्अन्तर्गत सोमबार दुवै सदन प्रतिनिधसभा र राष्ट्रियसभाका बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ।
आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि त्यसको बेवास्ता र लापरबाही भएको भन्दै मेयर शाहले असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नउठाइएको बताएका छन्।
ईशनाथका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरूद्ध अख्तियारले आइतबार १ करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ बिगो, त्यति नै जरिवाना र दुई वर्ष कैद सजाय मागदाबीसहित मुद्दा हालेको छ।
खेलको पहिलो हाफमा नै ३ गोल भएको थियो। लिभरपुलको मैदानमा आर्सनलले २५ मिनेटभित्र २ गोल गरेको थियो। उसले आठौँ र २५ मिनेटमा गोल गरेको थियो।
गृह मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गर्न निर्देशन दिएको छ।
साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।
बखुण्डोलस्थित समिट अपार्टमेन्ट बनाउन कानूनी प्रक्रिया नपुर्याइ चौधरी ग्रुप र समिट ग्रुपले जग खनेको पाइएको छ। ललितपुर महानगरले आइतबार गराएको छलफलमा चौधरी ग्रुपका निर्वाण चौधरीले गल्ती स्वीकारेका छन्।
सांसदहरूले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन्।
राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको छ।
रास्वपा सभापति लामिछानेले बाराको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले अडियोमा उल्लेख गरेका आफू वरपरका मानिसहरूलाई पनि कारबाहीको दायरामा ल्याउने वाचा गरेका छन्।
‘ए’ डिभिजन लिगमा मछिन्द्रले संकटालाई पराजित गरेको छ भने अर्को खेलमा एनआरटीले हिमालयन शर्मालाई हराउँदै पहिलो जित हात पारेको छ।