वात्स्यायनले अनेक पारामा मसल देखाएर फोटो खिचाएका थिए। ती फोटो स्टुडियोमा राखेका थिए। अनि मात्र मान्छेहरूले उनको व्यायामबारे थाहा पाएका थिए। पोखरामा बडिबिल्डङ भित्र्याउने उनै थिए।
शनिबार देशभर ३५७ जना सक्रिय संक्रमित छन्। तीमध्ये ८ जना आईसीयूमा र १५ जना संस्थागत आइसोलेसनमा छन्।
डा. स्वर्णिम वाग्लेले राजनीतिलाई सङ्ग्लो बनाउँदै लगेपछि सामाजिक, आर्थिक, पर्यावरण, भौतिक पूर्वाधारका क्षेत्रमा चाहेजस्तो प्रगति गर्न सकिने बताएका छन्।
अध्यक्ष ओलीले एमाले मुलुकमा अरू पार्टीभन्दा बढी बलियो, व्यापक र अग्लो रहेको बताएका छन्।
न्यौपानेले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाएका छन्।
सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकबारे मन्त्रालयले छलफल नै नगरेका विषयहरू मिडियामा आइरहेको भन्दै असन्तुष्टि जनाएकी छन्।
ताप्लेजुङमा आयोजित ‘डोको क्यारी रन’का विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तृतीयले १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
वर्तमान प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरू कुर्सीका लागि होडबाजी मात्रै गरेका हुन् की भन्ने प्रश्न खडा हुन थालेको सभामुख घिमिरेको भनाइ छ।
ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएका छन्।
कोषले बागमतीका २०, कोशी र मधेसका नौ/नौ, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार अस्पतालसँग अनलाइन सम्झौता गरेको छ।
युक्रेन–रुस द्वन्द्व रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे, तर सीले स्पष्ट प्रतिक्रिया दिएनन्।
बन्चरेडाँडाको फोहोरको झोल कोल्पुखोलामा मिसाएको भन्दै बिहीबारको संसद् बैठकमा सांसदले मेयर शाहमाथि प्रश्न उठाएका थिए।
इलामको कन्याम आन्तरिक पर्यटकले सबैभन्दा धेरै फोटो खिच्ने र फोटोबाट चिनिने नेपालका प्रमुख ठाउँमध्ये एउटा हो।
सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनः स्थापना हुन नसकेको भन्दै शनिबारदेखि जनकपुरधाम लक्षित ५ दिने अधिकार यात्रा शुरू गर्न लागिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनाएको छ।
मेघगर्जन र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
घरेलु मैदानमा जितका लागि पाएको १२२ रनको लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झन्डै ५० अर्ब ऋणभार बहन गरिरहेको छ।
बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विपन्न परिवारलाई बिमाको दायरामा ल्याउन नसकिएको बताएका छन्।
सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।
अर्थमन्त्री महतले पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको मूल्य बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्ने गरी सरकारले तयारी थालेको बताएका छन्।