पेटको समस्यामा सुधार नआएपछि चिकित्सकको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान लागिएको उनको सचिवालयले जनाएको छ।
निर्माण कार्य गर्दा तोकिएको सर्त पालना नगरे पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिने र अनधिकृत रूपमा राखिएका सामान उठाएर लगिने महानगरले जनाएको छ।
सेना र अर्धसैनिक बल दुवै पक्षले आ–आफ्नो नेतृत्वमा सरकार चलाउने अडान लिएसँगै सुडानमा हिंसा चर्किएको छ।
रियल मड्रिड क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।
“हाम्रो समूहको बलियो टोली ओमान नै हो। त्यो खेल जित्यौँ भने समूह चरणको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुन्छ। त्यसैले बेस्ट दिन्छौँ,” कप्तान रोहित भन्छन्।
निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमतिविना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन आयोगले आग्रह गरेको छ।
डढेलो र धुवाँ फाल्ने पुराना सवारी मात्र नियन्त्रण गर्दा काठमाडौँ उपत्यका श्वास लिनलायक बन्ने विज्ञहरू बताउँछन्। यति काम पनि नगर्दा बढ्दो प्रदूषण आयु छोट्याउने कारण बन्दैछ।
मंसिर ४ को निर्वाचनमा भरतपुर क्षेत्रबाट रवि लामिछानेले अत्यधिक मत पाएका थिए। यसपटक कांग्रेस, एमालेसहित तीनै दलले चुनावी अभियानलाई भरतपुरमै केन्द्रित गरेका छन्।
मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको जानकारी दिइन्।
अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु भएको छ भने एक जना हराइरहेका छन्।
आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरू कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ।
एनआरटीलाई जित दिलाउन सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक/एक गोल गरे। खुमलटारका श्याम मुर्मूले एक गोल फर्काए।
सार्वजनिक रूपमा प्रश्न उठेपछि राष्ट्रपति पौडेलले पूर्वसभामुखका रूपमा प्रयोग गरिरहेको गाडी संसद् सचिवालयमा फिर्ता गरेका छन्।
मंगलबार २६६ वटा कम्पनीका २९ लाख ७५ हजार ९२० कित्ता शेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन्।
मंगलबार देशभर ३९७ जना सक्रिय संक्रमित छन् भने ८५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ।
एन्फाले दुईपटक तोकिएको मितिमा पनि ‘बी’ डिभिजन लिग गर्न सकेन र नयाँ मितिसमेत घोषणा गरेको छैन। ‘बी’ डिभिजन लिग नभए ‘ए’ डिभिजन पनि संकटमा पर्ने भन्दै सरोकारवालाहरू फुटबल अन्धकारमा पुग्ने बताउँछन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकाय र गृह प्रशासन शक्तिकेन्द्र या राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताएका छन्।
कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाएका छन्।