AnonymousUser

Logout

संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा

नयाँ संसद्को पहिलो अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। संसद् सचिवालयका अनुसार सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक तयारी सम्पन्न भएको हो।

प्रधानमन्त्री दाहाललाई भेट्न खुमलटार पुगे ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्। 

कांग्रेसकाे संस्थापन इतर समूह छलफलमा

कांग्रेसकाे संस्थापन इतर समूहमा सभापति शेरबहादुर देउवाको राजीनामादेखि विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठ्न थालेकाे छ। 

माधव नेपाललाई सरकारमा आउन दाहालको प्रस्ताव, नेपालको जवाफ– ‘पार्टीमा छलफल गरेर निर्णय लिन्छौँ’

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय गर्ने

सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

सरकारमा सहभागिताबारे माधव नेपाल र उपेन्द्र यादवसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र जसपालाई सरकारमा सहभागी गराउन संवाद थालेका छन्।

सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध: पर्यावरणका लागि खतरा

सिनो व्यवस्थापन र पशुमा हानिकारक औषधिकाे प्रयाेगका कारण ‍गिद्धकाे संख्या घट्दै भएकाे भन्दै पंक्षीविद्ले चिन्ता व्यक्त गरेका छन्। 

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

बागलुङको अधिकारी चौर आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युड, खुङ्गा आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युड र फेरि अधिकारी चौर आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडकाे भूकम्प गएको छ।

जसपा संसदीय दलको निर्वाचन आज 

अशाेककुमार राई र राजकिशाेर यादवमध्ये एक जना जसपा संसदीय दलको नेता बन्ने सम्भावना छ।

तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातकाे सम्भावना

तराईमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने हुँदा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

दाहालका दिन र दशा : माओवादी नेताहरू नै भन्छन्– ‘यो अवसर होइन संकट हो’

१४ वर्षमा तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले प्राप्त गरेको यो सम्भवतः ‘अन्तिम अवसर’ भनेर चर्चा भइरहँदा माओवादी नेताहरू नै भन्दैछन्– यो प्रचण्डको अवसर नभएर संकट हो।

गभर्नरविरुद्ध कुरा लगाउन अर्थमन्त्रीलाई भेट्न पुगे उद्योगी–व्यापारी

उद्योगी–व्यापारीको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीतर्फ संकेत गर्दै अर्थमन्त्री विष्ण पौडेलसमक्ष नीतिगत सुधारको माग गरेको थियो।

प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री लामिछानेले शीतलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ संक्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

बालकोटमा खाजा खाएर सत्ता गठबन्धनमा पुगेका रवि लामिछानेका तीन दिन

उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछाने मंगलबार बिहान सचिवभन्दा अगाडि मन्त्रालय पुगेका थिए। उनले चमेना गृहमा नै खाना खाएका थिए।

जसपाले सरकारमा जानेबारे राजनीतिक समितिको बैठकपछि निर्णय लिने

जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन।

सन्दीपविरुद्ध जाहेरी दिने किशोरी जन्मिएको अस्पतालबाट कागजात झिकाउन आदेश

काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरूपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ।

राहदानीमा बिचौलियाको रजगज : विभाग गए एक महिना, बाहिर पैसा तिरे तीन दिनमै

राहदानी विभागको अनलाइन फारम साइबरहरूबाट भरेको एक महिनापछि बल्ल प्रक्रिया थाल्ने पालो आउँछ। यही झन्झटिलो प्रणालीको फाइदा उठाएर बिचौलियाले राहदानी बनाउने सेवाग्राहीलाई फन्दामा पार्ने गरेका छन्।

एमाले–माओवादी गठबन्धन सरकार बनेलगत्तै ३१ महिनादेखि बन्द रसुवागढी नाका खुल्यो, रेल्वे अध्ययन टोली काठमाडौँमा

मंगलबार नाका खुलेसँगै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ मूल्य बराबरको बाँसको मुढा, तामाका भाँडाजस्ता वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

थप २ जलविद्युत् आयोजनाको बिजुली बेच्न अनुमति

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ।

ताइवानमा अनिवार्य सैन्य सेवाको अवधि एक वर्ष पुर्‍याइयो

ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।