आर्थिक गतिविधि कम हुँदा त्यसको मारमा साना व्यवसायी पनि परेका छन्। काठमाडौँमा सटर भाडामा लिएर र फुटपाथमा व्यापार गर्नेहरू अहिले जिविका चलाउनै मुस्किल परिरहेको बताउँछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनायो। नेपालले ओडीआईमा बनाएको यो सर्वाधिक उच्च योगफल हो।
कुशलले नेपालका तर्फबाट ओडीआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको किर्तिमानसमेत बनाएका छन्। यसअघि रोहितकुमार पौडेलले सन् २०२२ मा पपुवा न्यू गिनीविरुद्ध ९१ बलमा शतक प्रहार गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ३१ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
जम्मु–कश्मीरको पुन्च जिल्लामा बिहीबार दिउँसो आतंकवादी समूहले भारतीय सेना चढेको ट्रकमा आक्रमण गरेका थिए।
नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। अर्का ओपनर आशिफ शेख चौथो ओभरको चौथो बलमा आउट भए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका छन्।
यस अवधिमा कुनै पनि उम्मेदवारको पक्ष विपक्षमा सामाजिक सञ्जाल वा कुनै पनि माध्यमबाट मत माग्न, वक्तव्य दिन, प्रेसविज्ञप्ति निकाल्न र हारजितको पूर्वानुमान गरी सञ्चार माध्यममा राख्नसमेत निषेध गरिएको छ।
लुम्बिनी प्रदेश मातहत १८९ सरकारी निकाय र समितिसमेत अन्य १६ वटा संस्थाको गरी ५७ अर्ब आठ करोड १२ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो।
कोलकत्ताले दिएको १२८ रनको विजयी लक्ष्य दिल्लीले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
जितसँगै चर्च ब्वाइज १८ अंक जोडेको छ भने सातदोबाटो १७ अंकमा सीमित भएको छ।
प्रचारप्रसारको अन्तिम दिन बिहीबार उपेन्द्र यादवले पाँच दलीय गठबन्धनका शीर्ष नेतालाई बारा उतारे। एमालेले पनि अध्यक्ष ओलीको उपस्थितिमा सभा गर्यो। उपेन्द्रलाई 'बहरिया' बताइरहेको जनमत भने घरदैलोमै थियो।
स्पेस एक्सको सबैभन्दा शक्तिशाली रकेट बिहीबार आफ्नो पहिलो परीक्षण उडानका क्रममा विस्फोट भएको छ।
ठूलीभेरी नदीमाथि निर्माणाधीन बेलिब्रिज भाँचिएर ज्यान गुमाएका दुवै कामदारको पहिचान खुलेको छ। गम्भीर अवस्थामा रहेका तीन जना घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।
नेपाली कांग्रेस र गठबन्धन दल भनेका निश्चित विचार, सिद्धान्त, मूल्य, मान्यता र इतिहास बोकेका विशाल नदीजस्ता पार्टी भएको भन्दै प्रधानमन्त्री दाहालले खहरेसँग तर्सनुपर्ने आवश्यकता नरहेको बताए।
चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरू गरिने छ।
संसद्मा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकले प्रश्न उब्जाउँछ– कानून बनाएरै भ्रष्टाचारीलाई उन्मुक्ति दिन थाल्ने हो भने भ्रष्टाचारमा शून्य सहनशीलता भनिरहनुको के अर्थ?
थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको छ। जितसँगै थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ। उसको १० खेलबाट १८ अंक पुगेको छ।
बरामद लागुओषध कोकिनको अन्दाजी अवैध बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको प्रहरीको भनाइ छ।
सुडानमा शनिबारदेखि जारी भिडन्त छैटौँ दिनसम्म पनि जारी छ। द्वन्द्वका कारण खार्तुममा खाद्यान्न अभाव, खानेपानी र विद्युत् आपूर्तिमा समस्या भइरहेको स्थानीयले जनाएका छन्।