AnonymousUser

Logout

साउदी–कतारमा १०–१२ बिताएर फर्किएकाहरू फेरि भिजिट भिसामार्फत कुवेततर्फ

मानव तस्करका विभिन्न गिरोहमार्फत घरेलु कामदारका रूपमा कुवेत जान सुनौली नाका हुँदै दिल्ली पुगेका ती महिलाहरूमध्ये कतिपय १०-१२ वर्ष साउदी–कतारमा काम गरी फर्किएकाहरू पनि छन्।

इजरायलमा सधैँ युद्धको जोखिम, तर फर्कन चाहँदैनन् नेपाली

इजरायल–इरानबीचको युद्ध रोकिए पनि पूर्णरूपमा जोखिम टरेको छैन। छिमेकी देशसँग इजरायलको शत्रुतापूर्ण सम्बन्ध भएकाले युद्ध कहिले भड्कन्छ थाहा हुन्न। तर त्यहाँका नेपाली युद्धकै अवस्थामा पनि फर्कन चाहँदैनन्।

इरान–इजरायल द्वन्द्व : तेहरानबाट मासाद शहर आइपुगे ११ नेपाली

इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।

इजरायलमा रहेका नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि दूतावासले थाल्यो रजिस्ट्रेसन

इरान–इजरायलबीच बढ्दै गएको द्वन्द्वसँगै इजरायलमा कार्यरत नेपालीको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिस्ट्रेसन शुरू गरेको दूतावासले जनाएको छ।

‘तेहरानमा हामी ठीकै छौँ, फर्कन सक्छौँ’

तेहरानमा रहेका नेपाली श्रमिकले तत्काल सुरक्षा स्थिति सहज भए पनि अवस्था बिग्रिँदै गएमा ‘घर फर्कन तयार रहेको’ बताएका छन्।

इजरायलमा द्वन्द्व चलिरह्यो, नेपाली श्रमिक गइरहे

इरान र इजरायलबीचको बढ्दो तनावले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामाथि गम्भीर चिन्ता बढाएको छ। तर युद्धको जोखिम भएका यस्ता देशहरूमा नजान नेपाली श्रमिक र सरकार दुवै गम्भीर देखिएका छैनन्।

रुसी सेनामा मारिएका ७३ नेपाली : खबर मात्र आयो, शव आएन

युक्रेनसँग लड्न रुसी सेनामा भर्ती भएका ७३ नेपालीको युद्धका क्रममा मृत्यु भइसकेको सरकारले नै पुष्टि गरेको छ। तर अहिलेसम्म एउटा पनि शव नेपाल ल्याइएको छैन।

नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजानेसम्बन्धी नयाँ दुई सम्झौता

श्रममन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी तत्काल दुई वटा सम्झौता गर्न साउदी अरब तयार भएको बताए।

रुस–युक्रेन युद्धमा हात गुमाएर आए, फेरि उतै फर्किए

ड्युटीका लागि रेड जोन जाँदा ३० जना थिए, फर्किंदा सुमनले गाडीमा १२ सैनिक मात्रै गने। त्यसमध्ये पनि एक नेपाली र कमान्डर मात्रै सद्दे थिए। कतिका हात, कतिका खुट्टा र आधा शरीर नै बमले उडाइदिएको थियो।

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको दूतावासले जनाएको छ।

इराकमा बेचिन्छन् नेपाली महिला, फर्काउनै मुस्किल

सरकारले रोजगारीमा जान प्रतिबन्ध लगाएको इराक पुर्‍याएर मानव तस्करहरूले नेपाली महिलालाई घरेलु कामदारको रूपमा बेच्ने गरेका छन्। कागजपत्र नहुँदा त्यहाँ फसेका नेपाली बन्धक बन्नुपरेको छ।

प्रकृति लम्साल मृत्यु प्रकरणः अझै सकिएन अनुसन्धान, के भन्छ ओडिसा पुलिस?

भारतको ओडिसास्थित केआईआईटीमा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको झन्डै २ महिना भइसकेको छ। यो घटनामा ओडिसा पुलिसले गरिरहेको अनुसन्धान सकिन अब कति समय लाग्छ?

६ महिना हिँडेर अमेरिका, २२ महिना थुनामा बसेपछि ‘डिपोर्ट’

थुनामा २२ महिना राखेपछि अमेरिकाको अदालतले उनको शरणार्थी दाबी अस्वीकार गरिदियो। उनी १० वर्षसम्म अमेरिका छिर्न नपाउने गरी डिपोर्ट भए। यद्यपि, नियमित उडानबाटै स्वदेश फर्कन पाए।

कोरियामा नेपाली श्रमिकको आत्महत्याः के ईपीएस प्रणाली नै कारक हो?

शारीरिक र पारिवारिक समस्या, रोजगारदाता तथा सिनियर कामदारले नै दिने दबाबलगायत कारण दक्षिण कोरियामा नेपाली श्रमिकले आत्महत्या गर्ने दर बढिरहेको छ। पछिल्लो ६ वर्षमा ३३ जनाले आत्महत्या गरेका छन्।

यूएईमा १६६ नेपालीले पाए आममाफी

इस्लाम धर्मावलम्बीको पवित्र महिना र इदको अवसरमा त्यहाँको सरकारले जेल सजाय भोगिरहेका १६६ नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आप्रवासन नीति कस्दै अमेरिका र युरोपका देश, प्रभावित हुनसक्छन् नेपाली श्रमिक

विभिन्न देशमा भइरहेका युद्ध र प्रकोपहरूले शरणार्थी संख्या बढिरहेको बेला अमेरिका, युरोपलगायत अन्य देशले आप्रवासनमा कडा नीति ल्याएका छन्। यस्तो नीतिले ती देश जाने नेपाली श्रमिकलाई पनि समस्या हुनसक्छ।

युरोप र ब्राजिलको बाटो हुँदै अमेरिका पुगे, ९ महिना ‘डिटेन्सन’मा राखेर फर्काइए

डिर्पाेट भएकाहरूले प्रहरी अधिकारीलाई दिएको बयानअनुसार उनीहरू एक वर्षअघि छुट्टाछुट्टै रूपमा युरोप र दक्षिण अमेरिकाको बाटो भएर मेक्सिको हुँदै अमेरिका छिरेका थिए।

पाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनीत

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्।

भारतको उडिसामा बिटेक अध्ययनरत नेपाली छात्राको मृत्यु

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि क्याम्पस प्रशासनले सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई तुरुन्त क्याम्पस छाडी जानको लागि सूचना नै जारी गरेको छ।

ट्रम्प नीतिले प्रभावित गर्ने विश्व व्यवस्थामा नेपाल कता?

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले विश्वलाई दिँदै आएको सहयोग कटौतीसँगै आप्रवासनमा कडाइ गर्ने नीति अवलम्बन गरिरहँदा त्यसले बदल्ने विश्व व्यवस्था र नेपालमा पर्ने प्रभावबारे बहस हुन थालेको छ।