शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा उनीहरू डुबेका थिए।
१० वर्षअघि तालिवानी विद्रोहीबाट ज्यान जोगाउन भाग्ने क्रममा काठमाडौँ आइपुगेका अफगानीहरू यता न उताको अवस्थामा हातमुख जोर्न संघर्ष गर्दैछन्।
बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोशलगायत अर्बपतीहरूलाई भेटेपछि पुकारले आफैँलाई मूल्यांकन गरे। ६ महिनापछि काम गरिरहेको ‘गिभिङ २.०’ छाडिदिए र आफ्नै नयाँ स्टार्टअप शुरू गरे।
भाषा र सीप नसिकी जानेहरूका कारण नेपाली कामदारको माग घट्दै गएको छ। रोजगारदाता कम्पनीले पनि सीपविहीन नेपाली कामदार नपरून् भनेर फिलिपिनी वा भारतीय नागरिकका लागि मात्र तोकेरै विज्ञापन गर्न थालेका छन्।
रोग देखिएकाबाहेक सुतेकै अवस्थामा ज्यान गुमाउनेको अवस्था झन् भयावह छ, जसलाई प्राकृतिक मृत्यु भन्ने गरिएको छ। जो राति ओछ्यानमा त सुत्छन्, तर बिहान उठ्नै नसक्ने गरी अस्ताउँछन्।
शवहरूको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
श्रमिकको अभाव झेलिरहेको जर्मनी नेपालबाट चाँडै कामदार पाउने आशामा छ। नेपाल र जर्मनीबीच त्यससम्बन्धी समझदारीमा हस्ताक्षर पनि भइसकेको छ। तर नेपाली श्रमिक किन जर्मनी जान पाइरहेका छैनन्?
भिसाको म्याद गुज्रेर बसेका (ओभर स्टे)को हकमा मलेसियन रिंगिट ५०० र भिसाको नियम उल्लंघन गरी बसेकाको हकमा ३०० रिंगिट तिरेर घर फर्किन सक्नेछन्।
सबै कुवेती र प्रवासीहरूलाई बायोमेट्रिक गराउन आउँदो मार्चदेखि तीन महिनाको समयसीमा घोषणा गरेको छ।
पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन। दूतावास आउन ढिलाइ हुँदा नेपालीलाई नयाँ राहदानी तथा नवीकरण गर्न समस्या छ।
अदालतले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई)लाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो।
म्यानमारमा विद्रोही पकडको द्वन्द्वग्रस्त क्षेत्रमा चिनियाँहरूले चलाउँदै आएको अनलाइन धन्दामा झुक्याएर नेपालीलाई पुर्याइने गरेको छ। अहिले पनि त्यहाँ नेपाल, भारतसहित २५ भन्दा बढी देशका नागरिक बन्धक छन्।
पक्राउ पर्नबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।
नेपाली सेनाकै एक वरिष्ठ अधिकृतले समेत रुसी सेनामा भर्तीबारे सूचना दिई एजेन्टको काम गरेर युद्धमैदानमा पठाएको पाइएको छ। धादिङ घर भएका तिनले सेनाका धेरै भूतपूर्व र बहालवाला जवानलाई पठाएको सूचना छ।
सम्झौतामा कल्याणकारी हितको लागि भनेर प्रति नेपाली कामदार ४५ अमेरिकी डलर थप तिर्नुपर्ने उल्लेख छ।
विगत दुई महिनादेखि बिरामी परेका उनलाई कम्पनीले नेपाल फर्किन दिएको थिएन, उल्टै पासपोर्ट रोकेर राखेको थियो।
कोरोनाको बेला घर फर्किएका ८ जना नेपाली श्रमिकलाई त्यहाँको 'साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी'ले तलब लिनको लागि सम्पर्क गर्न भनेको हो।
अहिलेसम्म सरकारले युरोपका ४० देशलाई वैदेशिक रोजगारका लागि खुला गर्दा ३ देशसँग मात्र श्रम सम्झौता छ। परिणाम जान खोज्ने ठगिने र गएका समस्यामा पर्ने भइरहेको छ। कसरी ठगिन्छन् ‘युरोप सपना’ बोकेकाहरू?
हाललाई अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरिएको विभागको भनाइ छ।
पछिल्लो समय त्यहाँ ठगीका घटनाहरू बढेको र नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो आएको दूतावासले जनाएको छ।