AnonymousUser

Logout

अमेरिकामा नेपाली आप्रवासनको लहरोः कहिलेदेखि जान थाले, नयाँ नीतिले कति फर्काइएलान्?

सन् १९४० को दशकदेखि फाट्टफुट्ट नेपाली अमेरिका जान थालेका थिए। अहिले त्यहाँ साढे ३ देखि ४ लाख नेपाली छन्। ट्रम्पले ल्याएको नयाँ आप्रवासन नीतिले कति नेपाली प्रभावित हुन्छन्? के उनीहरू घर फिर्नुपर्छ?

रुसी सेनामा भर्ती भएका १२४ नेपाली एक वर्षदेखि छैनन् सम्पर्कमा, खबर पर्खिरहेछन् परिवार

मानव तस्करले रुसी सेनामा भर्ती गराएका १२४ नेपाली युवा कम्तीमा एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन्। युद्धभूमिमा हराइरहेका उनीहरूका परिवार अहिलेसम्म प्रियजन सकुशल रहेको खबर आउने प्रतीक्षामा छन्।

अमेरिकाले १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई फर्काउँदै

अमेरिकाले गैरकानूनी रूपमा त्यहाँ रहँदै आएका १३ सय ६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासीलाई तत्काल निष्कासन गर्नुपर्ने सूचीमा राखेको छ।

फिफा विश्वकप जिम्मा पाएको साउदीमा श्रमिकको शोषण, नेपालसँग टारिरहेछ श्रम सम्झौता

साउदी अरबले सन् २०३४ को विश्वकप फुटबलको जिम्मा पाएको छ। त्यहाँ हाल ५ लाख हाराहारीमा नेपाली छन्। नेपालले साउदीसँग १६ वर्षदेखि श्रम सम्झौता गर्ने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने सात लाख ४१ हजार २९७ जना र नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार १०२ जना रहेका छन्।

मानवतस्करले ‘तल्लो बाटो’को रुट बनाएपछि इथियोपियाले बन्द गर्‍यो नेपालीलाई भिसा

पर्यटन भिसामा इथियोपिया प्रवेश गर्ने नेपालीको संख्या वार्षिक हजार हाराहारी हुन्थ्यो। ‘तल्लो बाटो’ अमेरिका हिँडेका नेपाली त्यहाँबाट दक्षिण अमेरिका पुग्थे, तर अहिले इथियोपियाले भिसा दिनै रोकेको छ।

घरेलु महिला कामदारमाथिको प्रतिबन्ध हट्दै, यूएईमा मासिक तलब ४०० डलर

महिलालाई मलेसियासहित खाडी मुलुकमा घरेलु काममा पठाउन आठ वर्षअघि लगाइएको प्रतिबन्ध हट्ने भएको छ। सुरक्षाका नयाँ प्रावधान राखेर नेपालले यूएईसँग गर्ने सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।

अमेरिकी राष्ट्रपति निर्वाचन: यसरी विभाजित छन् नेपाली आप्रवासी

ट्रम्प र ह्यारिस दुवैलाई रुचाउने नेपाली आप्रवासीहरूको खास चासो भने आर्थिक मुद्दा र आप्रवासीहरूको हितमा कसले ज्यादा काम गर्छ भन्नेमा जोडिएको छ।

प्रयोगविहीन नेपाली दूतावास भवनः १३ करोडमा बेच्ने सम्पत्ति अवलोकनमै २ करोड खर्च, परराष्ट्र पुनर्मूल्यांकनको चक्करमा

सरकारको निर्देशनमा जर्मनीको बोनस्थित भवन र जग्गाको मूल्यांकन गराएर राजदूत रामकाजी खड्काले दुई वर्षअघि नै परराष्ट्रमा प्रतिवेदन पठाएका थिए। परराष्ट्र भने अझै पुनर्मूल्यांकन गराउनेतर्फ लागेको छ।

विपिनका बुवा भन्छन्– ‘दिन गन्तेर बस्याका छौँ’

विभिन्न चरणमा भएका अस्थायी युद्धविरामका बेला नेपाल सरकारले जोडदार पहल गरिदिएको भए आफ्नो छोरा छुटिहाल्थ्यो कि भन्ने एउटै कुराले विपिनका बुवा महानन्दको मन पिरोलिरहन्छ।

लेबनानमा नेपालीः कसैलाई ठीक छ, कोही छन् ‘भाग्यको भरमा’

‘लेबनान सानो देश छ, जुन कुनामा बम पड्के पनि आवाज यतै सुनिन्छ। अहिलेसम्म यति डरलाग्दो गरी आक्रमण भएको थाहा थिएन। जताततै ड्याङडुङ सुनिन्छ।’

यूएईमा ‘ओभरस्टे’ भएकाहरूलाई आममाफी, यस्तो छ प्रक्रिया

कामको सिलसिलामा वा भिजिट भिसामा यूएई गएर त्यहाँ ‘ओभरस्टे’ भएका तर जरिबाना तिर्न नसकेर अवैधानिक हैसियतमा रहेकाहरूलाई आममाफीको व्यवस्था गरिएको छ।

रुसी सेनामा नेपाली भर्ती रोकिएको हो?

नेपालसँग मौखिकरूपमा मात्रै नेपालीलाई रुसी सेनामा भर्ती लिँदैनौँ भनेको रुसले भारतको हकमा भने विज्ञप्ति नै जारी गरेको छ। जबकि रुसी सेनामा भारतीय भन्दा नेपाली धेरै छन्। 

अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र

अवैधरूपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट ब्राजिलसहित दक्षिण अमेरिकी मुलुकहरूमा जाने प्रवृत्ति बढ्दो छ।

अमेरिकामा ममता बेपत्ता भएको ३ हप्तापछि श्रीमान् पक्राउ, यस्तो छ प्रहरीको भनाइ

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको तीन हप्तापछि त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।

भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ जना नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।

दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमर बम

अमर बमलाई दुबईको अदालतले मृत्युदण्ड दिएको २१ वर्षसम्म फैसला कार्यान्वयन नगरी जेलमा राखिएको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा उनी फोनमार्फत परिवारसँग पोखिरहन्छन्। तर आश मारेका छैनन्।

वैदेशिक रोजगारीमा दक्ष श्रमिक : अभिलेखमा संख्या ठूलो, यथार्थमा अपत्यारिलो

विभागको तथ्यांकले दक्ष श्रमिकको संख्या अनुपातमा बढी देखाउँछ। तर यो तथ्यांक बजारको माग र आपूर्तिअनुसार मेल नखाएको भर्खरै सरकारले विज्ञ टोलीमार्फत बनाएको आप्रवासन नीतिको मस्यौदामै उल्लेख छ।

महिलालाई घरेलु काममा जान अझै प्रतिबन्ध, किन सुल्झिँदैन उल्झन?

महिलालाई घरेलु काममा जान सरकारले लगाएको प्रतिबन्धले मानव बेचबिखनको जोखिम बढाएको छ। एजेन्टले नेपालबाट भिजिट भिसामा लगेर घरेलु कामदार आपूर्तिकर्ता कम्पनीहरूलाई बेच्ने गरेको पनि पाइएको छ।

लेस्टर सिटीकी ‘डिफेन्डर’ अस्मिता आले

२२ वर्षीया अस्मिताको सपना छ– बेलायतको राष्ट्रिय टोलीबाट खेल्ने र देशका लागि ‘कप’ जित्ने। बिदा मिलाएर उनी छिट्टै नेपाल आउन चाहन्छिन्।