तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।
दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।
कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।
तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
यस्तै, चार जना नेपाली श्रमिक साउदीका विभिन्न अस्पतालमा कोमामा रहेको पनि नेपाली दूतावासले जनाएकाे छ।
अघिल्लो हप्ता सामाजिक सञ्जालमा हालिएको एउटा भिडियोमा साउदी अरब पुगेका केही नेपाली कामदारको 'दुर्दशा' देखिन्छ। यस्ता समस्यामा फसेर उद्धारको आग्रह गर्दै त्यहाँको नेपाली दूतावास पुग्नेको संख्या ठूलै छ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।
नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताएका छन्।
बाढीपहिरोमा परी हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।
मोटरसाइकल र ट्याक्सी चालकले न्यूनतम तलब नपाउने लगायतका समस्या देखिएकाले यूएई र कतार नपठाउने निर्णय गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।
साउदी अरब पुगेका कामदारले सम्झौतामा भनिएअनुसार तलब र सुविधा नदिएको तथा जोखिमको काममा लगाएको भन्दै उद्धार गर्न आग्रह गरे पनि म्यानपावर कम्पनी र रियादस्थित दूतावासले भाग्न सुझाव दिने गरेका छन्।
तलबसमेत नपाएर अलपत्र गरेका विवेकराज यादव, एकवाल जोल्हा, इजहार जोल्हा, हसनराज जोल्हा, निर्मल नेपाली, गणेश कुमाल र भीमप्रसाद राजवंशीकाे उद्धार गरिएकाे छ।
प्रतिस्पर्धामा मेरिल्याण्डको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा डा. ह्यारी भण्डारी र न्यूयोर्कको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीका लागि सहना श्रेष्ठ छन्।
क्वालालम्पुरस्थित नेपाली दूतावासमा घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने भएको छ।
अमेरिकामा रहेका नेपालीहरूको फुटबल प्रतियोगिता ओहायो इन्ट्रा कपमा एफसी युनाइटेड फाइनलमा पुगेको छ। यस प्रतियोगितालाई प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ।
महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधान भएको थियो ।