AnonymousUser

Logout

६१.६१ अंकले बढेको शेयर बजारमा १५ अर्ब माथिको कारोबार

आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ को विन्दुमा कायम भएको छ।

२४ खर्ब ३४ अर्ब नाघ्यो सरकारी ऋण, वर्षमै थपियो १ खर्ब ३४ अर्ब 

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड पुगेको छ।

एक दशकपछि कार्यान्वयनमा आएको ‘स्टार्टअप’ : कृषि तथा पशुपन्छीसम्बन्धी योजना सर्वाधिक

सरकारी नीतिमा समेटिएको एक दशकपछि छानिएका उद्यमहरूलाई वाणिज्य बैंकमार्फत सरकारले ३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराएको छ। परियोजना नै धितो भएकाले थप धितो राख्नुपर्ने बाध्यता यसमा छैन। 

कञ्चनपुरको सोभातालमा डुंगा सञ्चालन, पर्यटन प्रवर्द्धन हुने अपेक्षा 

पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुंगा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल बनाएको छ।

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार एक लाख ४७ हजार ५०० निर्धारण भएको छ।

खोटाङमा १६८ मेट्रिक टन लिची उत्पादन, बजारीकरणमा किसानको जोड

खोटाङमा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ। यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

शिथिल अर्थतन्त्र माथि उकास्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाको सुझाव

अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर बजेटमा उल्लेख आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सघाउ पुग्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाएका छन्।

५९.६८ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको छ।

१ लाख बजेट खर्च गर्ने कार्यालय सञ्चालनका लागि ४० लाख विनियोजन!

संघीय सरकारले सुर्खेतमा मेडिकल कलेज बनाउन एक लाख रुपैयाँ छुट्याएको छ। त्यसलाई खर्च गर्ने आयोजना कार्यालयका लागि भने ४० लाख बजेट छ। सरकारले कलेज निर्माण नगर्ने नीति लिएको त्यहाँका कर्मचारीको आरोप छ।

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ।

वायुसेवा निगमद्वारा दुई कोषलाई ४३ करोड भुक्तानी

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो।

ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

आव २०८०/८१ मा ललितपुर महानगरले लक्ष्यभन्दा १५ करोड बढी अर्थात् दुई अर्ब ५५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित

पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन्।

शेयर बजार ५४ अंकले बढ्यो, १२ अर्बको कारोबार 

आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो।

बारपाकमा पर्यटक भुलाउने गन्तव्य बन्दै ‘बुद्ध पार्क’

बुद्ध पार्कमा ढुंगैढुंगाको कलात्मक सजावट गरिएको छ। बारपाकको सिंगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको पार्कमा पाँच फिट अग्लो बुद्धको मूर्ति राखिएको छ।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

सुन एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।

शेयर बजारले विष्णु पौडेललाई रुचाउनुको कारण

पौडेलले अर्थमन्त्रीका हैसियतमा पुँजीबजारका लागि कुनै ठोस काम नगरे पनि बजार उनी अनुकूल देखिन्छ। पुँजीबजार राजनीतिक पार्टी र अझ खासमा व्यक्ति निकटले प्रभावित पारेको हुनसक्ने विज्ञ बताउँछन्।

नेप्से परिसूचक २३०० अंक माथि पुग्यो

मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढ्दा कुल नौ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मुस्ताङमा १ वर्षमा आए ४ लाख २७ हजार पर्यटक

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।

लक्ष्यअनुसार राजस्व उठाउन सरकार असफल, ७५ प्रतिशत मात्र संकलन

सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १० खर्ब ७५ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ।