नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ।
सरकारले सामाजिक सुरक्षा कोषमार्फत आम नागरिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ।
बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ। बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ।
चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किने क्रम उच्च रहेको पर्यटन व्यवसायीहरूले बताएका छन्।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुमा उक्लिएको छ भने ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।
आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एनडेकको निर्णयमा विशेष अनुदानअन्तर्गत सञ्चालन भएका आयोजना/कार्यक्रमलाई सन्तुलित विकास गर्न, विभेदमा परेका वर्ग वा समुदायको उत्थान एवं विकासमा योगदान दिने गरी मौजुदा कार्यविधिमा संशोधन गर्न भनिएको छ।
हिउँदे बालीका लागि समेत पर्याप्त रासायनिक मल नपाउने किसानले मुख्य अन्नबाली धान रोप्ने सिजन असार–साउनमा त हाहाकार नै बेहोर्नु पर्छ। मल खरिदको लम्बेतान प्रक्रिया यो वर्ष कहाँ पुगेको छ?
शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।
बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्कीले यस सिजन २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचिसकेका छन्। नर्सरीमा अरू पनि बेर्ना हुर्किँदै छन्।
नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको किसानको भनाइ छ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा देखिएको छ।
कुल १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्।
धरहरा यसअघि परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको थियो। अब शुल्कसहित सञ्चालन गर्न लागिएको हो।
अध्ययनमा पूर्वतयारीबिना योजना राख्दा काम हुन नसकेको, बजेटमै तोकिएका सुधारका कार्यक्रम कार्यान्वयन नभएको लगायतका कारण पुँजीगत खर्च बढाउन कठिन भएको औँल्याइएको छ।
नयाँ जातका धानको खेतीमा किसानको आकर्षणसँगै म्याग्दीमा गौरिया, गुडुरा, आँगा, घैयालगायत स्थानीय रैथाने जातका धानको खेती घटेको छ।
बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपालले दुग्धजन्य पदार्थको आयात रोकेपछि त्यसलाई खोल्न घुमाउरो दबाब दिन नेपालबाट हुने सिमेन्ट, जस्तापातालगायत वस्तु निर्यातमा चार महिनायता भारतले अवरोध गरिरहेको छ।