AnonymousUser

Logout

पोल्ट्री व्यवसायी भन्छन्, ‘हाम्रो समस्या सुन्ने कोही भएनन्’

लागत मूल्यभन्दा कममा उत्पादन बिक्री गर्नुपर्दा दुई वर्षयता एकोहोरो नोक्सान बेहोरिरहेको पाेल्ट्री व्यवसायीले बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री दाहालले उद्घाटन गर्दै

विमानस्थल उद्घाटनलाई उत्सवका रूपमा मनाउन पोखरा महानगरले आज सार्वजनिक बिदा दिएको छ।

डेरी व्यवसायीले एकतर्फी रूपमा बढाए दूधको मूल्य

सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे नियामक निकायले कुनै कदम चालिसकेको छैन। डेरी क्षेत्रकै अन्य व्यवसायीले समेत यसको विरोध गरिरहेका छन्।

अंग्रेजी नयाँ वर्षमा मौलिक नेपाली सामग्रीको प्रदर्शनी

परम्परागत संस्कृति र मौलिकतालाई नयाँ पुस्ताका साथै पर्यटकहरू माझ परिचित गराउन पोखरामा विभिन्न लोपोन्मुख सामग्रीको प्रदर्शनी थालिएको छ।

अघि बढ्यो काठमाडौँ-केरुङ रेलमार्गको विस्तृत अध्ययन

गत सोमबार नेपाल आइपुगेको चिनियाँ टोलीले काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारीले वायुसेवा कम्पनी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि नेपालका वायुसेवा कम्पनीहरू उत्साहित देखिएका छन्।

विदेशबाट मोबाइल ल्याउन नपाउने व्यवस्था तत्काल कार्यान्वयन नहुने

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस लागू हुने जनाएको थियो। सामाजिक सञ्जालमा चर्को विरोध भएपछि सरकार पछि हटेको छ।

प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य 

शुक्रबार छापावाल सुन एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

धान उत्पादन साढे ३ लाख टन बढ्यो, खेतीको क्षेत्रफल घट्यो

धान रोपाइँको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आए पनि उत्पादन ६.९४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।

तथ्यांक विश्वसनीय नभएको भन्दै राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्यांक विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए।

साढे चार दशकदेखि सरकारको आम्दानीभन्दा खर्च बढी, राजस्वले धान्न छाड्यो चालु खर्च

विलासिताका सामग्री आयातमा प्रतिबन्ध लगाउँदा चालु आर्थिक वर्षमा राजस्व घटेको तर, निर्वाचन खर्च धान्नु परेको कारण बजेट असन्तुलन देखिएको सरकारले बताए पनि ४६ वर्षदेखि नेपालले यही समस्या भोगिरहेको छ।

५३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी सफल परीक्षण

मेलम्चीको पानी वितरण गर्न एक हजार १० किमी वितरण सञ्जाल बनाइएको छ।

घट्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

चिस्यान गृहले कृषकलाई फाइदा, १० हजार किलो सुन्तला भण्डारण

म्याग्दीको नारच्याङमा १० हजार किलो क्षमताको भण्डारण गृह सञ्चालनमा ल्याइएको छ।

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठीक ठाउँमा आउँछ: अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका छन्।

आन्दोलनरत पूर्वका उद्योगी–व्यवसायीका माग सम्बोधन गर्न अर्थमन्त्री सकारात्मक

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी–व्यवसायीले राखेका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताए।

प्रतितोला ४०० रुपैयाँले बढ्याे सुनको मूल्य

छापावाल सुन मंगलबारका तुलनामा प्रतिताेला ४०० रुपैयाँ बढेर एक लाख एक हजार १०० मा काराेबार भइरहेकाे छ।

गभर्नरविरुद्ध कुरा लगाउन अर्थमन्त्रीलाई भेट्न पुगे उद्योगी–व्यापारी

उद्योगी–व्यापारीको प्रतिनिधिमण्डलले गभर्नर अधिकारीतर्फ संकेत गर्दै अर्थमन्त्री विष्ण पौडेलसमक्ष नीतिगत सुधारको माग गरेको थियो।

एमाले–माओवादी गठबन्धन सरकार बनेलगत्तै ३१ महिनादेखि बन्द रसुवागढी नाका खुल्यो, रेल्वे अध्ययन टोली काठमाडौँमा

मंगलबार नाका खुलेसँगै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ मूल्य बराबरको बाँसको मुढा, तामाका भाँडाजस्ता वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

थप २ जलविद्युत् आयोजनाको बिजुली बेच्न अनुमति

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्दै आएको छ।