AnonymousUser

Logout

गण्डकीका नौ जिल्लामा तीन अर्बको सुन्तला उत्पादन

सुन्तला खेती हुने गण्डकीका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक सय ८० र सबैभन्दा कम लमजुङमा सात सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर प्रयोगका लागि ओएण्डएम गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।

हुम्लामा बिहीबारदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।

निजी क्षेत्रको दबाबपछि चालु पुँजी कर्जा मार्गदर्शनमा राष्ट्र बैंक लचक

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र कर्जा लिएका व्यवसायीलाई सहज हुने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

काठमाडौँले फोहोर फाल्ने ककनीका किसान बदलामा स्ट्रबेरी खुवाउँछन्

काठमाडौँ महानगरले दैनिक उठाउने करिब ६०० मेट्रिक टन फोहोर ककनी-२ सिसडोल पठाउँछ। तर, यता महानगरले फुटपाथमा व्यापार रोकेपछि ककनीका किसानले स्ट्रबेरी बेच्न समस्या भोग्नु परेको छ।

आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सिप र कच्चा पदार्थबाट उत्पादित सामग्रीको निकासी प्रवर्द्धन गर्न सके मात्र चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताइन्।

काठमाडौँको विद्युत् प्रणाली : सबैले खपत बढाए धान्दैन संरचनाले

काठमाडौँमा दैनिक करिब ५०० मेगावाट विद्युत् खपत हुन्छ। प्राधिकरणको आग्रहबमोजिम खपत बढे करिब १ हजार मेगावाट विद्युत आवश्यक हुन्छ। हिउँदमा अहिले चक्रपथभित्रै प्राधिकरणको वितरण प्रणालीले नधान्ने अवस्था छ।

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

दुई दशक अगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गएपछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।

निजी क्षेत्रको चर्को दबाबपछि राष्ट्र बैंकले संशोधन गर्‍यो चालु पुँजी कर्जा मार्गदर्शन

बैंक तथा वित्तीय संस्थाहरूबाट आएका सुझावलाई हेरेर मार्गदर्शन संशोधन गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

पाँच महिनामा रसुवागढी नाकाबाट भित्रिए तीन सयभन्दा बढी सवारी साधन

चालू आर्थिक वर्षको पहिलो महिनादेखि हालसम्म रसुवागढी नाकाबाट तीन सयभन्दा बढी सवारीसाधन आयात भएका छन्। आयातित सवारीसाधनमध्ये इलेक्ट्रिक कार सबैभन्दा बढी रहेका छन्।

प्रतितोला एक लाख दुई हजार ९०० पुग्यो सुनको मूल्य 

मंगलबार प्रतितोला एक लाख दुई हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ।

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता

सीमित डेरी उद्योगीले आफूखुसी दूधको मूल्य बढाएपछि नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, किसानका छाता संस्था र उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका थिए।

भण्डारण क्षमताबिनाको पेट्रोलियम पाइपलाइन, ट्यांकरबाटै पेट्रोल ल्याउँदा ४ रुपैयाँ महँगो

संचालनको तीन वर्षसम्म अमलेखगन्ज–मोतिहारी पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न नसक्दा आयल निगमले ट्यांकरका लागि मात्र मासिक १५ करोड खर्च गर्छ, जसले गर्दा पेट्रोल प्रतिलिटर करिब ४ रुपैयाँ महँगो परिरहेको छ।

झापामा धानखेत मासेर सुपारी खेती, वार्षिक ५ लाखसम्म आम्दानी

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरीच, कागती, निम्बू, बेसार, अदुवालगायतका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ।

इन्टरनेट अवरोध हुँदा उत्पन्न हुने स्थितिको जिम्मा विद्युत् प्राधिकरणले लिनुपर्छ: आईस्पान

आईस्पानका अध्यक्ष सुधिर पराजुलीले विद्युत् प्राधिकरणले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय नगरी आफूखुसी पोलको भाडा ७०० प्रतिशत वृद्धि गरेको बताए।

दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउनुपर्ने किसानको माग

किसानहरूले लागत बढेको भन्दै दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँसम्म बढाउनुपर्ने माग अघि सारेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : भव्य उद्घाटन भयो, उपयोगबारे अन्योल हटेन

तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने आयल निगमको निर्णय

भारतबाट मट्टितेल बाहेक सबै किसिमका पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि मूल्य यथावत् रहने नेपाल आयल निगमले जनाएको छ।

वीरगन्जको इनर्वा नाका व्यापारको लागि बन्द, अब सबै कार्गो आईसीपीबाट

वीरगन्जको इनर्वास्थित साबिक भन्सार नाका भएर हुने आयातनिर्यात आइतबारबाट बन्द भएपछि अब एकीकृत जाँचचौकी (इन्टीग्रेटेड चेक पोस्ट) ‘आईसीपी’बाट मात्रै आयातनिर्यात हुने भएको छ।

प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।