AnonymousUser

Logout

पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ अभियान

बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

सरकारले अनुदान कटौती गरेपछि बढ्यो रासायनिक मलको मूल्य

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान करिब १२ प्रतिशतले कटौती गरेको छ। अनुदान कटौतीसँगै युरियाको मूल्य प्रतिकेजी २५ रुपैयाँ, डीएपीको ५० र पोटासको ४० पर्ने भएको छ।

नेप्सेमा २४.६८ अंकको गिरावट, १ अर्ब १६ करोडको कारोबार

सोमबार २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक किनबेच हुँदा एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सरकारी ठेक्का अपलत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले सो अवधिभर कुनै पनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन्।

नेप्से दोहोरो अंकले घट्यो, १ अर्ब ६६ करोडको कारोबार

आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ भने एक अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

अर्थतन्त्रका बाह्य सूचकमा सुधार, महँगी बढ्यो

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति र रेमिट्यान्समा क्रमिक सुधार आएको जनाएको छ।

७ महिनामा भित्रियो ६८९ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको छ। 

दोधारा चाँदनी बन्दैछ ‘व्यापारको ढोका’, अब सुदूरपश्चिमबाटै हुनेछ आयात–निर्यात

सुदूरपश्चिमको विकासको ढोका खोल्ने भन्दै निजी क्षेत्रले २०५२ सालदेखि बनाउन माग गरेको आधुनिक व्यापारिक नाका निर्माण प्रक्रिया थालिएको छ। अहिले यहाँका व्यापारी नेपालगन्जबाट आयात–निर्यात गर्छन्।

घोषणामै सीमित औद्योगिक ग्राम 

औद्योगिक ग्राम निर्माणमा स्थानीय तहले तदारुकता नदेखाएको गण्डकी प्रदेश उद्योग–वाणिज्य महाशाखा प्रमुख रामप्रसाद आचार्यको भनाइ छ। 

लुम्बिनीमा २ वर्षदेखि अलपत्र विद्युतीय सवारी

लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन विदेशी दातृ निकायले उपलब्ध गराएका विद्युतीय सवारीसाधन दुई वर्षदेखि थन्किदा सञ्चालनका लागि सरोकारवाला निकायको चासो पुगेको छैन।

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड पुग्यो

नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२.६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

‘जटिल बिन्दुबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न संरचनागत सुधार आवश्यक’

‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’का वक्ताहरूले जटिल अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न यसको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।

किसानलाई सिँचाइ सुविधा दिन ल्याइएको कृषि मिटर : विद्युत् प्राधिकरणको ‘जालझेल’को सिकार

सरकारले किसानलाई कृषि प्रयोजनका लागि महसुल छुट हुनेगरी छुट्टै मिटर जडान गरिदिने व्यवस्था गरे पनि विद्युत प्राधिकरणले भने नदिनका लागि अनेक बहाना बनाउने गरेको किसानको गुनासो छ।

देशमा १० महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ : गभर्नर

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा १० अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्।

मलेसिया र इजिप्टबाट आइपुग्यो रासायनिक मल

कृषि सामग्री कम्पनीका अनुसार मलेसिया र इजिप्टबाट खरिद गरिएको युरिया र डीएपी मल भारतको कोलकता बन्दरगाह हुँदै नेपाल भित्रिएको छ।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

वर्षा नहुँदा सुक्न थाले अलैँची बगान 

ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा अधिकांश अलैँची बगान सुक्न थालेका छन्।

नेप्से ५०.०४ अंकले बढ्यो,  १ अर्ब ५६ करोडको कारोबार

बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

चैतमा साधारण बचतको ब्याजदर र कर्जाको प्रिमियम घट्ने

वाणिज्य बैंकहरूले चैतमा साधारण बचत र कर्जाको ब्याजदर घटाउने भएका छन्।

मुलुकको अर्थतन्त्र जोखिममा छ : प्राडा वाग्ले

अर्थविद् प्राडा अच्युत वाग्लेले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।