AnonymousUser

Logout

कैलाली र कञ्चनपुरको विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गरिँदै

विद्युत प्राधिकरणले कैलाली र कञ्चनपुरका उपभोक्ताले भोगिरहेको भोल्टेज समस्या चाँडै समाधान हुने जनाएको छ। त्यस क्षेत्रको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विकास गरिरहेको प्राधिकरणले जनाएको छ।

प्रचार–प्रसार नहुँदा ओझेलमा 'पामडाँडा'

सडकको स्तरोन्नति र इच्छाकामना मन्दिरसँग जोडेर पामडाँडाको पर्यटन विकास गर्ने योजना गाउँपालिकाकाे छ।

सन् २०२२ मा नेपालको साढे ८ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैंकको छ।

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

आठबीसकोट नगरपालिका–१२ झिनचौरस्थित कर्णाली वेभरेज र किसानबीच किवी प्रतिकिलो १२५ मा खरिदबिक्री गर्ने सम्झौता भएको छ।

शंकास्पद कारोबारको विवरण ३/३ महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

बैंक तथा वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको पहिचान भएको तीन महिनाभित्रमा राष्ट्र बैंकको सुपरिवेक्षण विभाग तथा वित्तीय जानकारी एकाइमा त्यसको विवरण पेश गरिसक्नुपर्नेछ।

नेपाली ग्राहकले गुल्जार रक्सौल : बालेन शाह ‘पोष्टर बोई’, पसलका साइनबोर्ड नेपालीमा

नेपाली ग्राहकका लागि वीरगन्जपारिको भारतीय बजार रक्सौलका व्यापारीले साइनबोर्ड पनि नेपालीमा लेख्ने गरेका छन्। नेपालतर्फ दैनिक उपभोग्य मात्र नभई अन्य सामानसमेत महँगो हुँदा उताको बजार गुल्जार बनेको छ।

११ महिनामा साढे ५ लाख विदेशी पर्यटकले नेपाल घुमे

पछिल्लो ११ महिनाको अवधिमा साढे ५ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्न तयार छौँ : गभर्नर अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले विनिमय सञ्चितिमा सुधार देखिएकाले मुलुकको अर्थतन्त्र सहज अवस्थामा पुगेको बताएका छन्।

अर्थतन्त्र संकटमा छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा केही चुनौती देखिए पनि संकटमा भने नरहेको दाबी गरेका छन्।

विद्युत् प्राधिकरणले ३ महिनामा कमायो साढे ८ अर्ब

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक र भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि भएको बताए।

पाँच सयले बढ्यो सुनको मूल्य

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

राष्ट्र बैंकले भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेडलाई नोट छपाइका लागि ठेक्का दिन लागिएको छ।

३.५१ अंकले घट्यो नेप्से, कारोबार रकम ८४ करोडमा खुम्चियो

बुधबार सेयर बजारमा ६४ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२४ वटा कम्पनीको घटेको छ।

राष्ट्र बैंकले भन्यो– शाखारहित बैंकिङ कारोबार गर्दा सजग रहनू

नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

धान–गहुँ फल्ने खेतमा अब बेसार खेती

अहिले तुलसीपुरमा मात्रै २० बिघाको हाराहारीमा बेसारखेती हुने गरेको छ।

यथास्थितिमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन : महासंघ

महासंघले ब्याजदर, लगानीयोग्य रकमको अभाव, मूल्यवृद्धि लगायतका कारण उद्योग व्यवसाय धराशायी बनेकाले यथास्थितिमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको जनाएको छ।

निर्देशन उल्लंघन गर्ने २ बैंकलाई राष्ट्र बैंकको जरिबाना, ७ बैंकलाई सचेत गराइयो

नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको भन्दै कृषि विकास बैंक र बैंक अफ काठमाण्डूलाई जरिबाना गरेको छ। अन्य सात वटा बैंकलाई सचेत गराएको छ।

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

राजापुरस्थित खाद्य व्यवस्था व्यापार कम्पनिले धान खरिद नर्गदा किसान समस्यामा परेका छन्।

तोलामा सय रुपैयाँले घट्यो सुन, चाँदी स्थिर

सोमबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ९७ हजार ४०० तोकिएको छ।

मुस्ताङबाट ५० करोडको स्याउ निर्यात 

मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निर्यात भएको कृषि ज्ञान केन्द्रकाे तथ्यांक छ।