कारोबारमा आएका २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
सुनको मूल्य एकैदिन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको छ।
मुस्ताङ आउने धेरै पर्यटक मुक्तिनाथ र कतिपय कोरला नाकासम्म नै पुगेर फर्कन्छन्। भौगोलिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक र पदयात्रा रुचाउने पर्यटकको आकर्षक गन्तव्य हो।
मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि नीति अभावका कारण समस्या भएको बताएका छन्।
नेपाल–भारत विद्युत् आदानप्रदान समितिको बैठकले एक महिनाभित्रमा विद्युत् निर्यातको मोडालिटी तय गर्ने निर्णय गरेको छ। यसबाट वर्षायाममा विद्युत् बिक्रीका लागि थप बजार सुनिश्चित हुने प्राधिकरणको भनाइ छ।
उद्योग विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र लाभांशबापतको रकम विदेश लैजान पाइन्छ।
लगानीकर्ताहरूले शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन कार्यान्वयनको माग राख्दै नेप्सेको कार्यालयमा धर्ना दिएका थिए।
सरकारले आन्तरिक वित्त व्यवस्थापनको चुनौती झेलिरहेको भन्दै उच्च पदस्थको विदेश भ्रमणमा कडाइ गरिरहेको बेला कर्मचारीहरू भने मेलामा सहभागी हुन जर्मनी पुगेका छन्।
बेलायती दिएको अनुदानमा सरकारले केही रकम थपेर स्थानीय पूर्वाधारअन्तर्गतका कार्यक्रममा २० अर्ब आठ करोड लगानी गरिने छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ।
छापावाल सुन प्रतितोला एक लाख छ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून रहेको बताएको छ।
राजस्व संकलन इतिहासकै कमजोर अवस्थामा रहँदा सरकारको अनिवार्य दायित्व भने बढ्दै गएको छ। जसका कारण सरकार स्रोत व्यवस्थापनको दबाबमा छ।
‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार लघुवित्तको निष्क्रिय कर्जा पछिल्लो ६ महिनाको अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको छ।
अमेरिकी सिलिकन भ्याली बैंकमा देखिएको वित्तीय संकटको असर युरोप र एशियामा समेत देखिएको छ। वित्तीय प्रणाली सुरक्षित गर्ने राष्ट्रपति बाइडेनको आश्वासनले पनि सेयर बजार गिरावट रोकिएको छैन।
२५५ वटा कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ।
अर्थसचिव तोयम रायाले सन् २०२६ सम्म नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुक बन्ने प्रक्रियामा रहेको बताएका छन्।
ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीले राष्ट्र बैंक अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन्।
अस्वाभाविक रूपमा हुने हिमपात र हिमपहिरोमा परी पथप्रदर्शकहरूको ज्यान गइरहेको छ। पछिल्लो १० वर्षमा हिमपहिरोसहितका दुर्घटनामा परेर १७७ आरोहीको हिमालमै मृत्यु भएको छ। त्यसमध्ये ६८ जना पथप्रदर्शक हुन्।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ।