AnonymousUser

Logout

विज्ञ भन्छन्– विकासशील मुलुकमा प्रवेश गर्दा वैदेशिक व्यापारमा चुनौती थपिन्छ

विज्ञहरूले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरू स्वतः हट्ने बताए।

सरकारले लगाएको भ्याटप्रति वायुसेवा सञ्चालक संघको असन्तुष्टि

वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।

शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घट्यो

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ।

२५ लाखभन्दा बढी ऋण लिँदा पान अनिवार्य

बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ।

समाज कल्याण परिषद्ले थाल्यो भाडा नतिर्ने व्यवसायीमाथि असुलीको प्रक्रिया

समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ।

फलफूल आयात गर्न गत वर्ष बाहिरियो १६ अर्ब आठ करोड

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।

नेप्से २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा सीमित

बिहीबार कुल ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ७८० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

‘स्टार्ट-अप’को बजेटमा दशकदेखिको नियतिः फेरि पनि ‘फ्रिज’

बजेटमा ‘स्टार्ट-अप’को शीर्षक आएयता एक दशकमा एक रुपियाँ पनि खर्च भएको छैन। चालु आर्थिक वर्षको बजेटमा पनि ‘स्टार्ट-अप’ प्रवर्द्धनको लागि सरकारले १ अर्ब २५ करोड रुपैयाँ छुट्ट्याएको छ।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

रसुवागढीमा चहलपहल बढ्यो, ३ महिनामा ४६ देशका पर्यटक भित्रिए

रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्। चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक यहाँबाट नेपाल भित्रिएका छन्।

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन, सर्वसाधारण महँगोमा किन्न बाध्य

चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार ५०० क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि १४ हजार २०० क्विन्टल माग गरिएको छ।  

कात्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

असारमा मात्र बजेट खर्च हुने परिपाटी अन्त्य गर्न आगामी कात्तिकदेखि नै आयोजनाको ठेक्का लगाइसक्न अर्थमन्त्री डा. प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्।

बन्दीपुरका पर्यटकीय गन्तव्यको सूचना ७ भाषामा

बन्दीपुर घुम्न आएका पर्यटकलाई गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सात भाषामा सूचना तयार गरिएको छ। उक्त सूचना ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिन्छ।

तनहुँका किसानको पीडा– पानी छैन, रोपाइँ कसरी गर्ने?

पानी पर्याप्त नहुँदा यसवर्ष तनहुँमा ८५ प्रतिशत मात्र रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। किसान पानीको जोहो होला र अनि धान रोपौँला भनेर पर्खेर बसेका छन्।

शेयर लगानीकर्ता भन्छन्– राष्ट्र बैंकले पुँजीबजारप्रति ‘इगो’ राखेर मौद्रिक नीति ल्यायो

शेयर लगानीकर्ताहरूले राष्ट्र बैंकले शेयर बजारप्रति ‘इगो’ राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको आरोप लगाएका छन्।

मंगलबार नेप्सेसँग घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा सीमित भएको छ। यस दिन नेप्सेसँग कारोबार रकम पनि घटेको छ।

‘मौद्रिक नीतिले अर्थतन्त्रको समस्या समाधान गर्न सक्दैन’

समग्रमा अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाइ अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम ल्याउन राष्ट्र बैंक चुकेको उद्योगी–व्यवसायीको भनाइ छ।

पशुपति सहकारी समस्याग्रस्त घोषणा

सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। पशुपतिसहित हालसम्म समस्याग्रस्त सहकारीको संख्या १३ पुगेको छ।

बजेटले तस्करीबारे सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सुन समातियोः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा तस्करीबारे सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकै कारण १०० किलो सुन बरामद भएको दाबी गरेका छन्।

मौद्रिक नीति: वित्तीय स्थायित्वलाई प्राथमिकता, कर्जा विस्तार नियन्त्रणको निरन्तरता

शेयर बजार र घरजग्गा व्यवसाय शिथिल भएर आर्थिक गतिविधि नै सुस्त भएका बेला राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विगतभन्दा शेयर बजारप्रति केही लचिलो भएको सन्देश दिन खोजेको छ।