AnonymousUser

Logout

बूढीगण्डकीको निर्माण चाँडै शुरू हुन्छ: प्रधानमन्त्री

बूढीगण्डकीलाई धादिङको मलेखुस्थित पृथ्वीराजमार्गबाट २ किमि पश्चिममा २६३ मिटर अग्लो बाँध निर्माण गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसबाट फेवातालभन्दा १६ गुणा ठूलो ताल बन्नेछ।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्रीको आह्वान

नेपालमा बाह्रै महिना सस्तो दरमा  जलविद्युत् उपलब्ध हुने अवस्था आइसकेको, नेपालबाट उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढ्दै जाने क्रममा रहेको मन्त्री महतको भनाइ छ। 

‘घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रियो’

भौतिक पूर्वाधार सचिव केशवकुमार शर्माले राजस्व र वैदेशिक ऋण प्रक्षेपणअनुसार आउन नसकेका कारण विकास आयोजनाको भुक्तानीमा झनै समस्या बढेर जाने अवस्था रहेको बताएका छन्।

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

प्याकेज विक्रेता वा भ्रमणमा लैजाने फर्म तथा कम्पनीले यस्तो शुल्क करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यालयमा बुझाउन सक्नेछन्।

उडान ‘डिले’ भएपछि निगमले गठन गर्‍यो छानबिन समिति

जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो।

भौतिक पूर्वाधारमन्त्री भन्छन्– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग एक वर्षभित्र सञ्चालनमा ल्याउँछौँ

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा भएका अवरोध हटाउन सहयोग गर्न आग्रह गरे।

रोल्पामा घटेन असारे विकास, ५६ करोड बजेट फ्रिज

रोल्पामा संघबाट प्रप्त ५७ करोड ७४ लाख ८७ हजार र प्रदेशबाट प्राप्त एक अर्ब दुई करोड १६ लाख ८३ हजार रुपैयाँ विकास बजेट खर्च भएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: मुख्य टनेल ४०० र रेस्क्यु टनेल ३५ मिटर खन्न बाँकी

सुरुङमार्गको लम्बाइ २.६८ किलोमिटर छ। यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने, आर्थिक ऐनमा अन्य के छन् व्यवस्था?

पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने प्रचलित कानून र निर्णयबमोजिम कारबाही गरिने महानगरले जनाएको छ।

लक्ष्यभन्दा ३ खर्ब ९२ अर्ब कम उठ्यो राजस्व

आर्थिक वर्ष २०७९/८० मा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संलकनको लक्ष्य राखेकोमा लक्ष्यको ७२ प्रतिशत अर्थात् १० खर्ब १० अर्ब ३९ करोड मात्रै संकलन गर्न सकेको छ।

काठमाडौँमा गाडी पार्किङ शुल्क: दुईपांग्रेको प्रतिघण्टा २५ र चारपांग्रेको ७५ रुपैयाँ

दुईपांग्रे सवारीसाधान एक घण्टा पार्किङ गरेको २५ रुपैयाँ र एक घण्टाभन्दा बढी थप हुँदै गए हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको छ।

तीन प्रतिशतसम्म घट्यो सार्वजनिक यातायातको भाडादर

नयाँ भाडादर लागू भए/नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्नेछन्।

निगमको ग्राउन्डेड दुई जहाजमध्ये एकको मर्मतपछि नियमित उडानमा

नेपाल एयरलाइन्सको ग्राउन्डेड दुई न्यारोबडी जहाजमध्ये एउटा मर्मतपछि सोमबार साँझदेखि नियमित उडानमा आउने भएको छ।

सामाजिक सुरक्षा कोषको वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज

सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले लिने विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत र  धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ प्रतिशत व्याज लाग्नेछ।

एकै महिनामा सरकारले सक्यो २५० अर्ब, भुक्तानी रोक्नुपर्ने असार अन्तिम साता मात्र ५५ अर्ब खर्च

आर्थिक वर्ष सकिनुभन्दा कम्तीमा ७ दिन अगावै खर्चको भुक्तानी दिइसक्नुपर्छ। त्यसपछि निकासा बन्द गर्नुपर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई अर्थ मन्त्रालयले नै मिच्दै आएको छ।

घट्यो खाना पकाउने ग्यास, पेट्रोल–डिजेलको मूल्य

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

सञ्चालनमा आयो जयनगरदेखि बिजलपुरासम्म रेल

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आइतबारदेखि रेल सञ्चालनमा आएको छ।

नेप्से दोहोरो अंकको बढ्यो, २ अर्बको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने बढोत्तरी भएको छ।

काठमाडौँमा सहकारीपीडितको प्रदर्शन, ५ जना पक्राउ

बचत गरेको रकमको ब्याज, बोनस  र मूलधन नै जोखिममा परेको भन्दै बचतकर्ताहरू ४५ दिनदेखि आन्दोलनमा छन्।

प्रतिपक्षीबिना नै पारित गरियो सुदूरपश्चिम सरकारको बजेट

सांसद विकास कोषको रकम तीन करोडबाट बढाएर पाँच करोड पुर्‍याएपछि मात्र सत्तारुढ दलका सांसद बजेट पारित गर्न सहमत भएका थिए।