बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ।
जिम्मेवार निकायबाटै अदालतको आदेशको मर्म र भावना विपरीतका गतिविधिले निरन्तरता पाउँदा जलविद्युतमा निजी क्षेत्रले गरेको खर्बौँ लगानी जोखिममा परेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।
आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर रहेको छ। यसमध्ये १ अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आयात भएका कुल ३ हजार ७८८ गाडीमा विद्युतीय सवारीको हिस्सा ५६.३६ प्रतिशत रहेको छ।
गत वर्षको अक्टोबरमा ९४६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्षको अक्टोबरमा ६२७.३ प्रतिशत बढी आएका छन्।
उक्त अवसरमा मन्त्री साउदले अमेरिकाका निजी क्षेत्रलाई नेपालमा लगानी अभिवृद्धि गराउन प्रेरित गर्नसमेत अनुरोध गरेका थिए।
कालिमाटी थोक बजारमै प्याजको औसत मूल्य १२२ रुपैयाँ ५० पैसा पुगेको छ। यहाँको दैनिक मूल्यसूचीअनुसार कात्तिक १ गतेदेखि मंगलबारसम्मको १४ दिनमा प्याजको भाउ ६५ प्रतिशतले बढेको छ।
सोमबार सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तीन करोड ६० लाख ७४ हजार ७४० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
चितवनमा चालु आर्थिक वर्षसम्म ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक १२ गतेसम्ममा सरकारले २५ अर्ब ७८ करोड ९० लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ।
आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसक्दा सिमेन्ट उत्पादन बन्द गरिएको हो।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यो कम्पनीको चार करोड आठ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।
कानूनमन्त्री गुरङले भन्सार विधेयक २०८० मा ‘पेपरलेस कस्टम’को अवधारणा कार्यान्वयन गर्न प्रस्ताव गरिएको बताए। उनले यो व्यवस्थाबाट भन्सारमा हुने अनियमितता रोकिने विश्वास व्यक्त गरे।
आयात बढ्दा व्यापार घाटा पनि गत वर्षको भन्दा २.१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
गत शुक्रबारको भन्दा एक हजार रुपैयाँले बढेको हो।
मिटर रिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता महसुल भुक्तान नगर्ने उपभोक्ताको लाइन काटी असुलउपर गर्ने नीति तय गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।
गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्त्वको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगरे ठूलो विपत् आउन सक्ने चेतावनी दिए।
अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ शुरू गरिएको बाबु एड्भेन्चर्सका सञ्चालक सानोबाबु सुनुवारले बताए।