AnonymousUser

Logout

तिहार लागेसँगै बजारमा बढ्यो चहलपहल

बजारमा विगतको तुलनामा यस तिहारमा काजु, बदाम, पेस्ता, नरिवललगायत मसलाको मूल्य घटेको छ।

तिहारमै बिक्री भएन फूल, किसान निराश

प्लास्टिकका फूलमालाको प्रयोग बढेकाले स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका व्यवसायी जनकबहादुर सिंहले बताए। 

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

लाइन काटिएका ग्राहकबाट करिब ६२ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको र तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने प्राधिकरणको भनाइ छ।

‘निजी क्षेत्रलाई प्राथमिकतामा राखी बजेटमा समेटिएका ३५ प्रतिशत कार्यक्रम शुरू भएन’

सीएनआईले गरेको बजेट वाचअन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ११ बुँदा मात्र पूर्ण कार्यान्वयन भएको देखाएको छ।

सांसदहरू भन्छन् – संकटोन्मुख अर्थतन्त्रप्रति सरकार गम्भीर भएन

सांसदहरूले अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने विषयमा सरकार गम्भीर नभएको बताएका छन्।

महँगीले सीमा नाघ्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति बढ्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ।

जग्गा विवादका कारण रामेछापको सामूहिक होमस्टे प्रयोगविहीन

व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन।

किसानलाई प्रांगारिक मल चिनाउने क्याप्टन फार्म

वीरगन्जका ताराप्रसाद गुप्ताले तीन वर्षअघि प्रांगारिक मल उत्पादन गर्दा किसान प्रयोग गर्नै मान्दैन थिए। मल प्रवर्धन गर्न कतिपयलाई निःशुल्क उपलब्ध गराएका उनी अहिले वार्षिक ६ करोड बराबरको कारोबार गर्छन्।

गोदाममै थन्कियो १ अर्बभन्दा बढीको पाउडर दूध

सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र चिस्यान केन्द्र भरिएका छन्।

साल्ट ट्रेडिङले बढायो चिनीको कोटा

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा जनही २० बोरा चिनी दिन थालेको छ। यसअघि १० बोरा मात्रै दिने गरेको थियो। 

सुपारी, केराउ र मरिच आयात अनुमतिको अन्तर्यः डलरमा भित्र्याएर भारत तस्करी

मन्त्रिपरिषद्ले ‘औद्योगिक कच्चा पदार्थ’का नाममा फेरि सुपारी, केराउ र मरिच आयातको अनुमति दिएको छ। जबकि, दुई वर्षअघि भएको संसदीय अध्ययनले सुपारी आयात गर्दा वैदेशिक मुद्रा अपचलन भएको ठहर गरेको थियो।

शेयर बजार लगातार तेस्रो दिन बढ्याे, ७८ करोड २७ लाखको काराेबार

बुधबार शेयर परिसूचक नेप्से ५.१७ अंक (०.२४ प्रतिशत)ले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ।

२२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

ठेक्का सम्झौता गरेर समयमा काम पूरा नगरेको भन्दै कार्यालयले यसअघि ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो।

होमस्टेमा विदेशी पर्यटक: कोदो टिप्छन्, साग केलाउँछन्

बागलुङको पर्यटकीय गाउँ भकुन्डे पुग्ने विदेशी पर्यटक होमस्टेमा अर्ग्यानिक खानाको स्वाद लिने, पर्यटकीय स्थलको भ्रमण गर्ने र स्थानीयलाई काम सघाएर रमाउने गरेका छन्। 

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनः तीव्र कर्जा विस्तार, बहुबैंकिङ र बिग्रँदो अनुशासन लघुवित्त संकटका मुख्य कारक 

एकै व्यक्तिले १७ वटा संस्थाबाट २२ खातामार्फत ५२ लाख रुपैयाँ कर्जा लिएको समेत राष्ट्र बैंकको अध्ययन समितिले फेला पारेको छ। 

ओरेण्टल सहकारीबाट ठगिएका ३८२ साना बचतकर्ताको रकम एक दशकपछि फिर्ता 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाखभन्दा कम बचत गरेकाहरूको मागदाबी अनुसारको रकम साउनभित्र दिने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको ५० लाख र एकीकृत समाजवादीको २५ लाख सहयोग

प्रधानमन्त्री दाहालले खोज र उद्धारको पहिलो चरणको काम सम्पन्न भएको तथा अब राहत र पुनः निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताएका छन्। 

किसानलाई अलैँची भित्र्याउन चटारो, बगानमै मनाउँछन् चाडपर्व

ताप्लेजुङमा चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। हालको बजार मूल्य प्रतिमन (४० किलो) ५५ हजार रुपैयाँ छ।

खल्लो बित्यो दशैँ, तिहारमा उपभोक्ताले पाउलान् चिनी?

सरकारले भन्सार छुट दिएर २० हजार टन चिनी भारतबाट ल्याउने निर्णय भदौ अन्तिममा गरे पनि आयात नगरेपछि दशैँ खल्लो भयो। अब तिहारअघि नै ‘जीटुजी’मार्फत भारतबाट चिनी ल्याइसक्ने आपूर्ति मन्त्रालयको दाबी छ।

गाँजाखेती सम्भाव्यता अध्ययन गर्न सरकारले बनायो कार्यदल

कार्यदललाई काम शुरू गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा. महतले निर्देशन दिए।