ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक र दलित नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका, अति अशक्त अपांगता, लोपोन्मुख जाति र बालबालिका गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही आठ प्रकारका रहेका छन्।
सोमबार बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
मुलुकका अधिकांश स्थानमा पटक–पटक अकस्मात् बिजुली जाने ‘ट्रिपिङ’को समस्या बढेको छ। यसबाट आम उपभोक्तालाई असुविधा हुनुका साथै उद्योगीहरूले दैनिक करोडौँ रुपैयाँ घाटा ब्यहोरिरहेका छन्।
राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।
रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले बिजुलीबजारदेखि बानेश्वरसम्म सिठी जुलस प्रदर्शन गरेको छ। केही दिनदेखि व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।
आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा करबापत हालसम्म गुगल, लिंक्डइनसहित ६ विदेशी कम्पनीबाट करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ।
आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा सीमित भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार सिन्दूर, टुथपेस्ट, कपाल स्याहारसहित शृङ्गारका सामग्री आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।
अहिले टनेल बाहिरको गोलभेँडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँ पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्यात भइरहेको छ।
बुंमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा करिब दुई हजार बढीले रोजगार पाएका छन्। तर, यहाँ उत्पादित इँटा बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्था पुगेका छन्।
अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। यही पदमार्ग हुँदै पर्यटक हिमतालसम्म पुग्ने गर्छन्।
तनहुँमा गत वर्ष ५०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४५० मेट्रिक टन कागती उत्पादन भएको थियो। तर, कागतीले बजार नपाउँदा किसान निराश छन्।
अर्थमन्त्री महतले स्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायको समस्या समाधान गर्न कठिनाइ भएको बताएका छन्।
पर्यटन मन्त्रालयको पहलमा नेपाल पर्यटन बोर्डले सहयोग गरेपछि साझा यातायातमार्फत सञ्चालन गरिएको ‘हेरिटेज टुर बस’ दुई महिनामा नै बन्द भएका छन्। बजेट सकिएपछि सेवा बन्द भएको बोर्डले जनाएको छ।
सरकारले असार मसान्तसम्म सबै कामको भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन गर्न नसकेको निर्माण व्यावसायीको आरोप छ।
विभिन्न निकायले जफत गरेको सुन कानूनी प्रक्रिया पूरा गरेपछि राष्ट्र बैंकले खरिद गर्ने गरेको छ। दुई हप्ताअघि जफत १०० किलो सुन भने अनुसन्धानका लागि टक्सार महाशाखामा नेपाली सेनासहितको सुरक्षामा राखिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्न समस्या नहुने बताएका छन्।
सरकारसँग भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलमा जारी राखेको अनशन/धर्ना बिहीबारदेखि स्थगन गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीका प्रमुख जगदीशचन्द्र जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण समयसमयमा बिजुली जाने समस्या भएको बताएका छन्।