सडक खनेर डाँडाडाँडामा पुर्याउनुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि होटल पनि धमाधम खुले। सञ्चालन खर्च उठाएर बैंकको ब्याजसमेत तिर्न होटलको ३५ देखि ४० प्रतिशत कोठा भरिनुपर्छ। तर अहिले १५ प्रतिशत कोठा मात्र सञ्चालनमा छन्।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा दुई हजार ६०९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ।
टिकटकका माध्यमबाट चलेको व्यापारले आत्मनिर्भर भई रोजगारी पनि दिइरहेकाहरू सरकारले संवेदनशीलता नदेखाएको गुनासो गर्छन्। तर यस्ता माध्यमबाट मात्र चलाइएका व्यवसाय करको दायरामा नआएको सरकारी अधिकारी बताउँछन्।
वाणिज्य बैंकहरूले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।
छठमा सिंगै केराको घरी भगवान्लाई अर्घ्यका रूपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च र नेपालमा उत्पादन कम हुँदा हरेक वर्ष भारतबाट आयात गर्नुपरेको व्यावसायी बताउँछन्।
छठलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्ने गर्छन्। उनीहरू यस पुर्ख्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन्।
तिलक आफ्नै कम्पनीबाट उच्च मूल्य दिएर किसानका रैथाने उत्पादन किन्छन्। यसबाट जिल्लाजिल्लाका किसान लोपोन्मुख बालीतर्फ आकर्षित हुनुका साथै कृषि जैविक विविधताको पनि संरक्षण भएको छ।
बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुगिन्छ। ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ।
सरकारले सिँचाइको सुविधा र आवश्यकताअनुसार रासायनिक मलखाद बेलैमा अनुदानमा उपलब्ध गराइदिए नेपाली युवा रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनीहरूको भनाइ छ।
पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप नगद प्रदान गर्ने भएको छ।
भृकुटीमण्डपको स्टलमा फूल बेच्न आएका किसान तथा व्यापारीले निश्चित ठाउँ तोकेर फूल बेच्न दिनु राम्रो भए पनि ठाउँबारे समयमै प्रचारप्रसार नहुँदा व्यापार हुन नसकेको गुनासो गरेका छन्।
च्याङ्ग्रा व्यापारी मीनबहादुर गुरुङले भने– ‘यसपालि आफ्नो परेको मूल्य उठाउन पनि निकै मुस्किल भयो, झन्डै भए एक महिना गाउँमै दाना पानी खुवाएर पालेँ।’
अनियन्त्रित रूपमा आयात भएको भारतीय फूलका कारण नेपाली किसानले यसपालि तिहारमा आफ्नो उत्पादनको लागतसमेत उठाउन नसकेको पुष्प व्यवसायीहरू बताउँछन्।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कृषकले उत्पादन गरेको २० लाख रुपैयाँ बराबरको सयपत्री फूल संकलन गरेर बजारीकरणमा सहयोग गरेको छ।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिनको पिक डिमान्ड देशभित्रैका विद्युत्गृहबाट उत्पादन गरी आपूर्ति गरिएको हो। देशभित्रको माग पूरा भई बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ।
यो वर्ष चितवनमा गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा फूलखेती गरिएको छ। कतिपय स्थानीय तहले सहयोगसमेत गरेपछि १२० किसानले ३४ विघामा फूल लगाए। तर उचित बजार र मूल्य भने पाउन सकेनन्।
ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका छन्। यस क्षेत्रमा पाइने कुकुर अन्य ठाउँको भन्दा बलियो र टाठो हुने हुँदा धेरैले मन पराउने स्थानीयको भनाइ छ।