AnonymousUser

Logout

सडक पुगेपछि प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रयोगविहीन झोलुङ्गे पुलको विवरण संकलन र स्थानान्तरण गर्न पाउने कानून बनाउने तयारी गरिरहेको जनाएको छ।

चिसोले जमेको पञ्चकुण्ड तालमा रमाए पर्यटक

समुद्री सतहदेखि चार हजार १९५ मिटर उचाइमा रहेको तालमा जमेको पानी हेर्न र तालमाथि साहसिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ। 

कोरिया सरकारले सम्मान गरेका त्रिलोकको कथा, ‘अब पर्यटक भएर विदेश जाने’

कुनै समय रोजगारीका लागि दक्षिण कोरिया पुगेका त्रिलोकको तलब ७० हजार रुपैयाँ थियो। १० वर्षअघि त्यहाँबाट फर्किँदा तलब २ लाख पुगिसकेको थियो। त्यसपछि, स्वदेशमै व्यवसाय थालेका उनी २५ जनालाई रोजगारी दिन्छन्।

चिसोमा पदयात्रा: यसरी अपनाउन सकिन्छ सावधानी

हिमपात भएसँगै हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने हुन्छ। यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले जोखिम क्षेत्र पहिचान गरेर मात्र हिँड्नुपर्छ।

‘इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ’

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने उनको अनुभव छ। सम्पत्तिमा महिलाको पहुँच बढाउन सक्ने हो भने विभेद र हिंसा घटाउन सकिने अनिताले बताइन्।

सीपले बदलियो गृहिणीको जीवनशैली

स्विटर बुन्ने ४५ दिनको तालिमले स्थानीय २० जना महिलालाई स्वरोजगार बनाएको हो। उनीहरूले ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नामक स्विटर उद्योग नै सञ्चालनमा ल्याएका छन्।

अवकाशपछि फर्किएका ‘लाहुरे’को गन्तव्य फेरि विदेश, भन्छन्– जानेको काम गर्न पाइएन

पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।

पहाडलाई स्वागत गर्न आतुर मधेश चिहाउँदा

धेरै वर्षपछि जब राजनीतिमा चासो बढ्यो, तब ती मान्छेका विद्वेषपूर्ण कुरा सम्झेँ। हेर्दा सामान्य लागे पनि ती आरएसएस कार्यकर्ताले उतिखेर बालमष्तिस्कमा विष भरेका थिए।

सडक किनाराका चिया मुकाम (भिडियो कथा)

काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगादेखि सडक किनारामै खुलेका सामान्य चिया पसलमा उस्तै भिड हुन्छ। नेपालमा चिया पसल खुल्न थालेको पुगनपुग आठ दशक हुँदा धेरैको प्रिय पेय भएको छ।

कृषि कर्मबाट चिनिँदै गुप्तप्रसाद: राजनीति र विदेश छाडेर फलफूल खेती

गैँडाकोटका गुप्तप्रसाद रेग्मीले फलफूल खेती थाल्दा जिल्लामा उन्नत जातका कागती र सुन्तलाका बिरुवा पाइँदैनथे। धनकुटा पुगेर बिरुवा ल्याएर खेती शुरू गरेको उनको भनाइ छ।

‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।

सेवानिवृत्त अधिकृत थापाको पौरख: ५६ रोपनीमा सुन्तलाखेती

तनहुँमा गत वर्ष २९ करोडको सुन्तला उत्पादन भएको थियो। यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौँका बजारमा पुग्ने गरेको छ।

पर्वतारोही निर्मल पुर्जालाई जर्मनीमा सम्मान

पर्वतारोही निर्मल पुर्जालाई जर्मन सस्टेनेबिलिटी अवार्डस्मा आईएसपीओ कपबाट सम्मान गरिएको छ। 

उकालोकर्मी मनिष पौडेल सम्मानित

पौडेललाई विविधअन्तर्गत डिजिटल सञ्चारमाध्यमका क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित गरेको गुप्ताले बताए।

पाँच सयभन्दा बढी दलित बालबालिकालाई निःशुल्क ट्युसन पढाउने मनोज राम सम्मानित

मनोजले सामाजिक रूपान्तरण, सेवा तथा शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको केन्द्रले जनाएको छ।

नजिकिँदैछ ओलाङचुङगाेला

अहिले पनि ओलाङचुङगोला हुकरले १७५ वर्षअघि देखेजस्तै छ। छेवैबाट तमोर बग्छ। नदीको पूर्वपट्टि बस्ती छ। कतिपय ठाउँमा फट्केर नै नदी तर्न सकिन्छ। वरिपरि तालीसपत्र र धुपीसल्लाका रूख छन्।

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसानलाई मर्का

कठिन भौगोलिक अवस्थाका कारण तरकारी उत्पादन लागत बढी पर्न जाने र भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा आफूहरू मर्कामा परेको कृषकको गुनासो छ।

पढ्ने उमेरमा श्रम गर्न बाध्य छन् बालबालिका

आर्थिक अभावका कारण धेरै बालबालिका अरूका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न बाध्य भएका छन्।

गुह्येश्वरी–गौरीघाटमा छठपर्वको रमझम (तस्वीरहरू)

छठपर्व गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ।

विदेशबाट फर्किएर आरनमा रमाउँदै अर्जुन

बन्दीपुर गाउँपालिका–२ तीनपाटेका ३२ वर्षीय अर्जुन गजमेर १० वर्षदेखि आरन पेसामा आबद्ध छन्। हातमा सीप, मनमा जाँगर र आँट भए जुनसुकै कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उनले प्रमाणित गरेका छन्।