AnonymousUser

Logout

बालबालिका र बुढापाकाले धानेको गाउँ रायडाँडा

जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ।

फुटबल 'करिअर' नै सकाइदिने प्रलयको त्यो चोट

प्रलय राजभण्डारीले २०६२ सालमा राष्ट्रिय टोलीबाट डेब्यु गरे, एक वर्षपछि थ्री स्टारबाट 'ए' डिभिजन लिग खेल्ने क्रममा पुलिसका सुमन सुवेदीलाई रोक्न खोज्दा घाइते भए। त्यही चोटले उनको करिअर समाप्तितिर लग्यो।

पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ

पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जति जति पूर्वाधारको विकास भए पनि बढी बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ।

खगेन्द्र सुनारः सोती संघर्षका सूत्रधार

सोती हत्याकाण्डका दोषीहरूलाई जोगाउने राजनीतिक चलखेलले न्यायालयमाथि पीडितको शंका थियो। त्यसविरुद्ध निरन्तर चलेको सडक संघर्ष सामान्य घटना थिएन। त्यही संघर्षका सेतु हुन् दलित अधिकारकर्मी खगेन्द्र सुनार।

‘सीप छ तर बजार र मूल्य छैन’

पुर्खौली पेसाबाट बनेका सामग्रीले बजार पाउन नसक्दा पेसा नै संकटमा पर्ने अवस्था आएको छ। बजारमा परम्परागत तवरबाट बनेका सामग्रीको माग भए पनि सीपको प्रवर्द्धन गर्न नसक्दा स्थानीय मारमा पर्ने गरेका छन्।

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा रमाएका अनन्तबहादुर

अनन्तबहादुर शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका हुन्। अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। यसबाट उनी वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

चिउरीबाट घिउ उत्पादन गर्दै चेपाङ

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो। तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ।

प्लास्टिकका सामग्रीले काठका भाँडा विस्थापित गरिदिँदा संकटमा चुँदारा समुदायको पेसा

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ।

अनुसन्धानले भन्छ– धूमपानले मस्तिष्कलाई खुम्चाउँछ

अनुसन्धानका लागि टोलीले ३२ हजार ९४ व्यक्तिको मस्तिष्कमा धूमपानको इतिहास र धूमपानको आनुवंशिक जोखिमको तथ्यांक विश्लेषण गरेको थियो।

पाहुनाको पर्खाइमा शुक्लाफाँटाको खयरकन्द्रा घरबास

खयरकन्द्रा सामुदायिक घरबासमा आठ परिवार आबद्ध छन्। सबै परिवारका सदस्यले घरबास सञ्चालनबारे तालिम लिएका छन्।

जो काँधमा ‘कपडा पसल’ बोकेर २० वर्षदेखि गाउँ–गाउँ डुल्दैछन्

बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्‍याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’

डुंगा संरक्षणमा जुटे रामेछापका माझी समुदाय

माझी समुदायको संस्कृतिसँग जोडिएको डुंगा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन्।

महिनावारी ‘बार्न’ लगाएर किन हुन्छ महिलामाथि विभेद?

प्रजनन उमेरमा हुने महिनावारी प्राकृतिक प्रक्रिया भए पनि धर्म र परम्पराका नाममा ‘बार्नु पर्ने’ चलनले महिलामाथि विभेद र छुवाछुत हुने गरेको छ।

मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस, बेँसी झर्न थाले स्थानीय

स्थानीय तहले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेका छन्। शैक्षिक संस्था बन्द भएका छन्। 

बागलुङका गाउँ–गाउँमा किवी खेतीको लहर

बागलुङका १०० भन्दा बढी किसान किवी खेतीमा लागेका छन्। काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले यहाँ उत्पादित किवी बागलुङ बजार हुँदै चितवन पुग्ने बताउँछन्।

बढ्दैछन् पत्थरीका बिरामी, कसरी जोगिने?

मूत्र प्रणाली र पित्तथैलीमा हुने पत्थरीको समस्या लिएर अस्पताल जाने बढेका छन्। पित्तथैलीमा पत्थरी भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। यद्यपि, खानपानमा ध्यान दिए जोखिम कम हुने चिकित्सकहरू बताउँछन्।

मौरीपालनमा जम्दै चोलादेवी, १०० घार पुर्‍याउने लक्ष्य

अहिले मह प्रतिकिलो एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ। बजारको समस्या छैन। घरबाटै मह बिक्री भइरहेको चोलादेवीले बताइन्।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

एक्ला कुलबहादुरको घर नै अटो, त्यो पनि भएन आफ्नो

कुलबहादुरले ह्विलचेयर बास्केटबल खेले। पौडिने, नाच्ने, गाउने गरे। राम्रो प्रशिक्षण पाए अहिले पनि खेलमा जम्ने हिम्मत छ। तर खेलेर खान पुगेन। चार वर्षदेखि अटो कुदाउँछन्। एक्ला कुलबहादुरको घरै अटो।

चिसो छल्दै, भेडीगोठ सम्हाल्दै

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएपछि भने चहलपहल बढेको छ।