AnonymousUser

Logout

एकैवर्ष लोकसेवाको ५ परीक्षामा उत्तीर्ण भइन् मनीषा

जाँगर हुनेका लागि नेपालमा नै प्रशस्त अवसर रहेको मनीषा बताउँछिन्। तर, कामलाई सानोठूलो मान्न नहुने उनको भनाइ छ।

अमेरिकामा क्यान्सरको अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक

अध्ययनको लागि अमेरिका पुगेका डा. दिग्विजय राजा महत म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा क्यान्सरसम्बन्धी अनुसन्धानरत छन्। नेपालमा उच्च प्रविधिको क्यान्सर अनुसन्धान प्रयोगशाला बनाउने उनको सपना छ।

चिचर र घोगी घरबासका पहिचान

घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै पाहुनाहरूको स्वागत गर्ने गरेका छन्।

टोखावासीलाई चाकु बनाउन भ्याईनभ्याई

टोखा चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताउँछन्।

छोराको दृष्टिसँगै फर्किएको मीनाको खुशी

मीनाका दुई छोराहरू आठ वर्षीय योगेन्द्र र चार वर्षीय प्रकाश मोतिविन्दुको शल्यक्रिया गरेपछि संसार देख्न सक्ने भएका छन्। नेपाल नेत्रज्योती संघले आँखाको उपचार गरिदिएको हो।

विश्वका घुम्नुपर्ने ३७ गन्तव्यको सूचिमा ‘मुस्ताङ’

न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वभरका ५२ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई ३७औँ नम्बरमा राखेको छ। 

माटोमा फलाएको आलु माटोमै गाड्नुपर्ने बाध्यतामा किसान

कृषिबाट आत्मनिर्भर बन्न अघि सरेका किसानको उत्साहमा पानी खन्याइदिने कारण बनेको छ कृषि उपजको बजार अभाव। स्थानीय सरकार आइसकेपछि यस्तो नियतिबाट बाहिर निस्कन नसकेका प्युठानका किसानको कथाः

गाँजाबारेको धारणा बदल्न ‘गाँजा स्टोर’ चलाइरहेका विनायक

गाँजाको औषधीय गुण र आर्थिक महत्त्व स्थापित गर्ने अभियानमा रहेका विनायकराज पाण्डे पछिल्लो चार महिनायता बत्तीसपुतलीमा गाँजा स्टोर सञ्चालन गरिरहेका छन् जहाँ गाँजाबाट निर्मित सामग्री मात्र पाइन्छन्।

ढकिया बुन्न सिक्दै थारु महिला

फुर्सदको समयमा काम गरेर थोरै लगानीमा आयआर्जन गर्न सकिने भएकाले ढकियालगायत परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको छ।

आशाको बारीमा कोदो काटिदिएर तरंग ल्याएका ‘शंकर सर’ जो आफ्नै संघर्षले बने पालिकाकै नमूना प्रअ

कुखुरा फार्मको कामले दिनभर थाकेको ज्यानलाई आराम दिनुको सट्टा रात्रिभोजका 'क्याटरिङ'हरूमा खटिएर शंकरले प्रतिभोज ७० भारु पाउँथे। त्यसरी जोडेको पैसा पढाइमा लगानी गर्ने सपनालाई उनले कहिल्यै मर्न दिएनन्।

उपचारखर्च तिर्न नसक्दा छ महिनादेखि अस्पतालमै 

इलामको माई–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद तिम्सिना उपचारको रकम तिर्न नसक्दा छ महिनादेखि अस्पतालमा छन्। चार लाख १५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनका भतिजा गोपालले बताए।

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

जेठो बुढोको बास्ना हराउनुमा रासायनिक मलको प्रभाव र उन्नत जातको धानको बीउ नै प्रमुख कारण हुन्। पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ।

घलेगाउँका होमस्टे पर्यटकले खचाखच

सार्कको परराष्ट्रमन्त्रीस्तरीय बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो। 

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य

भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका सिन्धुपाल्चोकका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन्।

हातबुना कपडा जोगाउन संघर्ष गरिरहेका किरण

अहिले कपडा रंगाउन प्रयोग हुने वस्तु अचाक्ली महँगिएको छ। हर्रो, बर्रो, खैर, पदमचाल, मजिटो, ओखरको बोक्रा, गुलाफको फूल, प्याजको बोक्रा लगायतका कच्चा पदार्थ पहिला सस्तो थियो। 

मधेशबाट फुटबलर जन्माइरहेका कल्याण: खेल्न मन भए धारापानी जानू

कल्याण खड्का संयोगले स्कुल पढाउन पुगे। पढाउन थालेपछि विद्यार्थीसँगै फुटबल खेल्थे। क्षमता भएका खेलाडीले पनि मौका नपाएको देखेपछि उनी आफैँ त्यस्ता खेलाडीलाई अवसर जुटाइदिन अघि सरेका थिए।

सौराहामा ६५ हात्तीको वनभोज

पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ। वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भिड लागेको थियो।

स्वर्गद्वारीमा नजुरेको सात्विक भोजन (तस्वीर-कथा)

गौशालामा रहेका ४५० गाईको गोबर आसपासको बारीमा सागसब्जी उमार्न प्रयोग हुने रहेछ। यहाँ आउने दर्शनार्थीलाई पस्किने सात्त्विक भोजनमा यहीँ उब्जनी भएको सागसब्जी पस्किइँदो रहेछ। तर हामीलाई त्यो अवसर जुरेन।

शिक्षक–विद्यार्थी मिलेर कोदो काटिदिएको समाचारले सहयोगीहरूलाई यसरी जोड्यो

बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।

जागिरमा खाएको गालीले जन्माएको ‘लाफिङ सेन्टर’ (तस्वीर–कथा)

युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।