म्याग्दीमा वसन्त र शरद् ऋतु मह शकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्ने गरिन्छ।
मुक्तकमैया शिविरका नौ जना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्यान्डबाजा बजाएर जीविको चलाइरहेका छन्।
व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा गोपालको छ।
ब्रदर्स बेकरीले दशैँ, तिहार र क्रिसमसमा ५० प्रतिशत छुट र ६० वर्षभन्दा माथिकालाई नि:शुल्क केक वितरण गर्दै आएको छ। यहाँको बेकरी धरानमा मात्र नभएर धरान बाहिर पनि लोकप्रिय बनेको छ।
जलन पीडितको आत्मबल उकास्न बलियो खम्बा बनेर उभिएका अभियन्ता हुन् उज्ज्वलविक्रम थापा। पोलिएकाको घाउमा मलहमपट्टीसँगै तिनलाई जीवनभर शीतलता दिने उनको सपना जलन कोष स्थापनासँग जोडिएको छ।
कोरोनाकालमा गाउँ फर्किएका काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले कोदोको बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन्।
सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन्।
कावासोती–१७ का मीनबहादुर महतोले तीन बिघा जग्गा भाडामा लिएर खरबुजाखेती गर्दै आएका छन्। खरबुजालाई बजारको समस्या छैन। बारीबाट नै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको छ।
इन्धनको जोहोमा गुइँठा बनाउने व्यस्तता बढेको हो। बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म गुइँठा बनाउने काममा व्यस्त हुन्छन्।
एडिस लामखुट्टे यति प्रचुर मात्रामा छ कि विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।
डाक्टर भएपछि डा. अखण्ड उपाध्याय दुई वर्षदेखि डोल्पामा छन्। उनी बस्न थालेपछि औषधि पनि डोल्पा पुगिरहेको छ। तर उनी उपचार मात्र गरिरहेका छैनन्, समाजसेवाबाट पनि डोल्पालीको मन जितिरहेका छन्।
वालिङ नगरपालिका–४ का शिव थापाले दुई वर्षअघि ड्रागनका ३०० वटा बिरुवा लगाएका थिए। त्यसले फल दिन थालेपछि विस्तार गर्दै हाल पाँच रोपनीमा एक हजार बिरुवा लगाएका छन्।
तस्वीरलाई जस्ताको त्यस्तै उतार्न सक्ने कला भएकी निर्मला चित्र कोर्न विभिन्न ठाउँमा पुग्छिन्। तस्वीर कोरेको र पेन्टिङ गरेको प्रतिवर्ग फिट २०० देखि २५० रुपैयाँसम्म आम्दानी हुने गरेको छ।
८० वर्षसम्म पनि नागरिकता नबन्दा नोन्जोम कामीसहित सिंगो परिवार नै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित थियो।
राजाले उत्सुकतापूर्वक विमान नियालिरहँदा पाइलट दलीपले चारसिटे जहाजबारे व्याख्या गरिरहेका थिए। गोरखापत्रका अनुसार गौचरन जानेको गिन्ती थिएन। विमान हेर्न हजारौँ साइकल र मोटरको जमघट थियो।
हर्पेन्जिनाको रोकथामको लागि कुनै प्रभावकारी खोप छैन। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ नै रोकथामको मुख्य आधार हो।
गोरखाको बारपाक सुलिकोट–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जी तीन दशकयता कटुवाल पेसा गर्दै आएका छन्भ। हजुरबुबा र बुबाले गरेको पेसालाई उनले पनि निरन्तरता दिएका हुन्।
दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित महिला अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त छन्।
टेकराजका धेरै साथी रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छाडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्।
भेडीगोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्। अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ।