प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चाहनाअनुसार सरकारका कामकारबाही अगाडि बढ्न नसकेको स्वीकार गरेका छन्।
हाइड्रो सञ्चालकले आफूहरूका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्क्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयले बताएका छन्। माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ।
परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीहरूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्।
परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेकारूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
चीनका विभिन्न विश्वविद्यालयबाट हरेक वर्ष चिनियाँ विद्यार्थीहरू एक सेमेस्टर नेपाली भाषा पढ्न नेपाल आउँछन्। यहाँ पढ्दा आफ्नो नाम नेपालीमै राख्छन्। उनीहरूका लागि हप्ताको दुई दिन मात्र कक्षा हुन्छ।
राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिस गाउँमा नभएकोप्रति चिन्ता केन्द्रित गर्नुपर्ने बताएका छन्।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर खेलमैदान तयार गरिएको बताए।
जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ।
सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ।
जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।
प्रलय राजभण्डारीले २०६२ सालमा राष्ट्रिय टोलीबाट डेब्यु गरे, एक वर्षपछि थ्री स्टारबाट 'ए' डिभिजन लिग खेल्ने क्रममा पुलिसका सुमन सुवेदीलाई रोक्न खोज्दा घाइते भए। त्यही चोटले उनको करिअर समाप्तितिर लग्यो।
भण्डारीले कथामार्फत् सशस्त्र द्वन्द्वकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्।
कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पठार नाइजेरियाको मध्य भागमा अवस्थित, धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य हो। जहाँ हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।
यःमरी पुन्हि नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।
सोमबार साँझको छलफलपछि सरकार र दलहरू संसद्को आगामी अधिवेशनबाट विधेयकलाई टुंगोमा पुर्याउने विषयमा एकमत बनेको नेताहरूले बताएका छन्।
हरियो चियापत्ती बेच्ने किसानले वास्तविक मूल्य नपाएका कारण समस्या भोगिरहेका छन्। उचित मूल्य नपाएपछि चिया विस्तार गर्न नै छाडिसकेका छन्।
खेतीयोग्य जमिन कंक्रिटले भरिँदै गएका छन्। प्रविधिको दुरुपयोग, समाजसँगको कम घुलमिल र देखासिकीले हामीलाई आर्थिक रूपमा मात्रै होइन, मानसिक रूपमै गरिब बनाउँदै लगेको छ।
उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।