प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्। नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटान र अन्तिम खेल भारतसँग फ्रेबुअरी ६ मा खेल्ने छ।
म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटका घनमाया पुन र उनका परिवारले ८४ पूजामा हुने खर्च कटाएर गाउँको विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्।
प्रतिबन्धमा परेका व्यक्तिलाई पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ।
एपीएफले दिएको १६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।
बालुवाटारमा बसेको मोर्चाको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटी गठन गर्ने र प्रमुख शहरमा सन्देशसभा गर्ने निर्णय गरेको छ।
युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।
अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।
मंगलबार टर्की संसद्को एक समितिले नेटोमा सामेल हुने स्विडेनको प्रस्तावलाई अनुमोदन गरेको छ। नाटो सदस्यताको बदलामा, स्वीडेनले ईयूमा सामेल हुने टर्कीको प्रयासलाई समर्थन गर्नेछ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दुई हजार ६०० किसानले अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी गरेका छन्।
खार्मीका किरात समुदायले रुपाकोटगढीमा भेला भएर सामूहिक रूपमा भूमिको पूजा गर्दै, साकेला नाच्दै उँधौली मनाउने गरेका छन्।
जितसँगै लिभरपुलले १९ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ।
काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। पक्की पुल निर्माण गर्ने चर्चा वर्षौंदेखि चलेको भए पनि बन्ने सुरसार छैन।
बुद्ध, कबीर, अम्बेडकर र पेरियारलगायतले समेत छुवाछुतलाई नकारे, तर नेपाली र भारतीय समाज यो विभेदबाट अझै मुक्त हुन सकेको छैन। जात व्यवस्था समाजको क्यान्सर हो। मानव समुदायकै कलंक हो।
कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
पर्व
नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै आएका छन्। ‘यः’को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो भन्ने अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी यो पर्व मनाउने प्रचलन चलेको मनिन्छ। यो पर्वलाई नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ। यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन नेवार समुदायमा छ। नेवार समुदायले मंगलबार काठमाडौँमा औपचारिक रूपमा आयोजना गरेर यःमरी पुन्हिको खुशियाली साटासाट गरेका थिए। यस दिन राष्ट्रिय ज्यापु दिवस पनि मनाउने गरिन्छ। २०औँ ज्यापु दिवसका नेवार समुदायले निकालेको खुशियाली र्याली वसन्तपुरमा गएर टुंगिएको थियो। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ महानगरपालिकाका उमप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति रहेको थियो। तस्वीर : कृष्पा श्रेष्ठ/उकालो
गुल्मी अस्पतालमा आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुँदै गएको बताएका छन्
साबिक विजेता काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै ललितपुरले एनएसएलको फाइनल प्रवेशका लागि पोखरासँगको भेट पक्का गरेको छ।
उद्योगका लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसकिएको धौवादी फलाम कम्पनीका सीईओ डा. जनकबहादुर चन्दले बताए।
मछिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब यू१६ लिगमा विजयी भएका छन्।