गुराँसको राजधानी मानिने गुफापोखरी पर्यटकीय क्षेत्र रहेकाले खानेपानीको सहज उपलब्धताले यहाँ पर्यटकको संख्यामा थप वृद्धि हुने स्थानीयको अपेक्षा छ।
पपुलिस्ट मुभमेन्टहरू पहिला पनि भएका हुन्, हराएर गएका पनि हुन्। मैले रवि लामिछानेलाई पपुलिस्ट भनिदिएँ भने उहाँले ‘म पपुलिस्ट होइन’ भन्न पनि सक्नुहुन्छ नि!
नेपालगन्जस्थित ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को ४३ करोड रुपैयाँ हिनामिना, ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्।
चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो।
न्यायाधीश शिशिर ढकालले नाबालिग बलात्कार मुद्दामा हिमाल शाहीलाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न दिएको आदेशविरूद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा ‘७३ नम्बर निवेदन’ बिहीबार दर्ता गर्ने भएको छ।
प्रहरी जवानको तलब भत्ता हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०७६ फागुनमा मुद्दा दायर गरेको थियो।
उनले मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएका थिए।
एकैछिन सडक किनारामा उभियौँ। होटलमा बास बस्दा ‘यौनकर्मी पाइने अफर’ लिएर एकपछि अर्को नाबालक आइरहे। यसरी ‘डिल’ गरिरहेकाहरू प्रहरीको बाइक वा भ्यान आउँदा गल्लीभित्र बेपत्ता भइहाल्थे।
जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
टेरामक्स खरिद प्रक्रियामा गडबडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रिया चाँडै टुंग्याउन आयोगलाई निर्देशन दिएको हो।
तत्कालीन गोर्खाली सेनाले विशाल नेपाल निर्माणको अभियानलाई पश्चिमतिर विस्तार गर्ने क्रममा अंग्रेज शासकलाई पराजित गरेर यो किल्ला आफ्नो कब्जामा लिएका थिए।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउने विभागले जनाएको छ।
उनी कास्कीको सहकारी रजिस्ट्रारको कार्यालयमा सेवारत हुँदा एक करोड भन्दा धेरै रकम ठगी प्रकरणमा मुछिएका थिए।
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।
बालज्योति स्कुलमा कतैबाट आएको सहयोग कसलाई आवश्यक छ भनेर विद्यार्थीहरू स्वयंले मूल्यांकन गरी वितरण गर्छन्। प्रयोगात्मक शिक्षण, विद्यार्थीकेन्द्रित सिकाइलगायत कारण विद्यार्थीले विद्यालय छाड्दैनन्।
प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरू गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि नेपालले औँल्याए।
उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।