AnonymousUser

Logout

उकालो साप्ताहिक ब्रिफिङः नेपाली कार्गोमाथि भारतमा अनधिकृत असुली, युरोपको रोजगारी र पर्यटक उद्धारका नाममा ठगी

यो हप्ता, वैदेशिक रोजगारी र रोजगारीका नाममा हुने ठगी, नेपाली कार्गोमा अनधिकृत 'ईसीटीएस' शुल्क, पर्यटक उद्धारका नाममा नक्कली कागजात, अर्धवार्षिक लक्ष्यभन्दा कम राजस्व संकलन लगायत 'हेडलाइन' बनेका छन्।

लापसे गरेर गाडी चलाउने ७ जना चालक नियन्त्रणमा

उपत्यका ट्राफिक प्रहरीले शुक्रबार काठमाडौँको नागढुंगामा जाँच गर्दा एकै दिन ७ जना पक्राउ परेका हुन्।

उच्च शिक्षा अध्ययनको विषय राज्यको प्राथमिकतामा परेनः प्रदीप पौडेल

काँग्रेसका सांसद पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउन नहुने बताएका छन्।

वीरगन्जका मेयर सिंह जोडिएको किर्ते नागरिकता प्रकरणः प्रशासनमा फाइल नभेटिँदा अनुसन्धान अवरुद्ध

यो आरोपबारे मेयर सिंह भन्छन्, ‘मैले कुनै विदेशी नागरिकलाई नागरिकता दिलाउने काम गरेको छैन। यो विषय छानबिन गर्ने निकायमा पुगेकाले त्यहाँ म निर्दोष रहेको प्रमाण पेश गर्ने नै छु।’

अधिकार माग्दै मधेश जागेको बेला 

२०६३ को हिउँदमा नेपालगन्ज र लहानबाट सल्केको ‘आगो’ २४ दिनसम्म मधेशभरि दनदनी बलेको थियो। मधेश विद्रोहमा तराई–मधेशका १३ जिल्लामा ३९ जनाले ज्यान गुमाए। 

महन्थ ठाकुरको गुनासो– अदालतले पनि मधेशलाई न्याय दिएन

उनले सरकारले मधेशमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरे।

कोशीलाई पराजित गर्दै बागमती अंक तालिकाको दोस्रो स्थानमा

शुक्रबार सम्पन्न खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो।

निजामतीमा आदिवासी जनजातिको समानुपातिक प्रतिनिधित्व पुग्न २१० वर्ष लाग्ने: अध्ययन

अहिलेको अवस्थाअनुसार दलितको समानुपातिक प्रतिनिधित्व पुग्न १२० वर्ष तथा महिलाको समानुपातिक प्रतिनिधित्व पुग्न १३६ वर्ष लाग्ने देखिन्छ।

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छः ऊर्जामन्त्री

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनीलगायत अन्य सदस्यहरूले पनि गाैरवका आयोजनाका विषयमा प्रश्न उठाएका छन्।

विद्रोही सशस्त्र समूहबाट बच्न म्यान्मारका करिब ३०० सैनिक भारतमा

आफ्नो शिविरमा विद्रोही सेनाले आक्रमण गर्ने डरले त्यहाँबाट भागेर म्यानमार सैनिक मिजोरमको लांगटाइल जिल्लाको बांडुकबांसोरा गाउँमा आएर बसेका छन्।

१२ लाखमध्ये ६ लाख चालक अनुमतिपत्र नेपाल आइपुग्यो

जर्मनीको मुलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता भएकोमा पहिलो चरणमा ६ लाख कार्ड नेपाल भित्रिएको छ।

हात्ती धपाउन स्थानीयवासीलाई साइरन

शिवसताक्षी नगरपालिका–१, ८, ९, १० र ११ का जंगलसँग जोडिएका गाउँमा हात्तीले आतंक मच्चाउँदै आएका छन्।

स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जना पक्राउ

पक्राउ पर्नेमा व्यवसायी नरेश अग्रवाल र उनका सहयोगी छन्। बरामद गरिएको रकम हुन्डी कारोबारको हुनसक्ने विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ। उनीहरूको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख चाहिने अनुमान छ।

कतार र फ्रान्सको नेतृत्वमा गाजामा औषधि तथा स्वास्थ्य सामग्री

कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार गाजामा इजरायली बन्धक र सर्वसाधारणका लागि औषधि र अन्य मानवीय सहायता लगिएको हो।

नेपालबाट किन बिदेसिइरहेका छन् डाक्टर?

उमेरले ४० वर्ष कटेका विशेषज्ञ डाक्टरलाई म सोध्ने गर्छु, 'बाहिर आएर के गर्ने?' उहाँहरू भन्नु हुन्छ, 'जे पनि गर्न तयार छौँ।' अब अनुमान गरौँ, नेपालमा ‘मेडिकल ड्रेन’को कस्तो स्थिति सिर्जना भइसक्यो!

दार्चुलाबाट महेन्द्रनगर हिँडेको बस दुर्घटना, १५ जना घाइते

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ। बस सडकबाट करिब २० मिटर तल खसेको थियो।

मधेशमा छैटौँ बलिदान दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो।

गायक योगेश वैद्यको निधन

लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय वैद्यको सुनधारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य, अस्तित्व नै संकटमा

करिब ३.५२ हेक्टर क्षेत्रफलमा फैलिएको टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। तर, यसको सरसफाइ र संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन।