AnonymousUser

Logout

प्रधानमन्त्री कप : आर्मी र मधेश प्रदेश विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्।

काठमाडौँ महानगरले शिक्षा विभाग प्रमुखसँग माग्यो स्पष्टीकरण

काठमाडौँ महानगरपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

धरहरामा पार्किङ

धरहरामा नि:शुल्क पार्किङ

धरहराको पहिलो तलामा निःशुल्क पार्किङ शुरू भएको छ। काठमाडौँ महानगरले आइतबार नि:शुल्क पार्किङ सञ्चालनमा ल्याएको हो।  महानगरले केही दिनअघि न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेको थियो। त्यसको विकल्पका रूपमा धरहरामा व्यवस्था गरिएको हो।

७ स्विमिङ पुल, ४० रेस्टुरेन्टः पहिलो यात्रामा निस्कियो विश्वकै ठूलो पानीजहाज 

मानिसहरूले यो जहाजलाई प्रतिष्ठित जहाज टाइटानिकसँग तुलना गरिरहेका छन्। तर यो टाइटानिक जहाजभन्दा पनि पाँच गुणा ठूलो भएको बताइएको छ। जहाजमा २८ प्रकारका क्याबिन छन्।

भारतसँगको विद्युत् व्यापार सम्झौता शीघ्र सार्वजनिक गर्न प्रतिपक्षी दलका सांसदको माग 

प्रतिपक्ष दलका सांसदहरूले भारतसँग हालै गरिएको विद्युत् व्यापारसम्बन्धी सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।

ओलीले भने– कडा प्रबन्ध गरेर मात्रै एसिड बेच्न दिनुपर्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

नेप्सेमा दोहोरो अंकको सुधार, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा कायम भएको छ।

अस्ट्रेलिया घरेलु मैदानमा २७ वर्षपछि वेस्ट इन्डिजसँग पराजित

अस्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले शृंखला १–१ को बराबरीमा सकाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।

सत्तारुढ दलहरूमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बनाएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्।

बाँदरका कारण बाँझो बनेको जग्गामा ओखरखेती

जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखरखेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखरखेती शुरू गरेका छन्।

अवहेलना मुद्दामा सर्वोच्चको व्याख्या : समाचारका आधारमा न्यायिक धारणा बनाउन सकिँदैन

सर्वोच्चले कसैको कुनै अभिव्यक्ति अशोभनीय वा उत्तेजनापूर्ण छ भन्ने आधारमा नै स्वतः त्यसलाई अदालतको अवहेलनाजन्य विषय ठान्न नसकिने पनि ठहर गरेको छ।

एआईले ‘जागिर खाइदिने’ विश्वव्यापी डर, नेपालमा पनि देखिन थाल्यो प्रभाव

एआईका कारण विश्वका केही ठूला कम्पनीले कामदार कटौती गरिरहेका छन्। खासगरी प्रविधि, वित्तीय क्षेत्र, ग्राफिक डिजाइन, फोटोग्राफी आदि क्षेत्रका कामदारले रोजगारी गुमाइरहेका छन्।

उत्तर कोरियाले क्रुज क्षेप्यास्त्र प्रहार गरेको दक्षिणको आरोप

उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्र कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ। 

जेटबोटले सहज बन्यो भोजपुरवासीको यात्रा

हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ। १९ किमि टाढा रहेको चतारा जलयात्राबाट २० देखि २५ मिनेटमा पुग्न सकिन्छ। 

पोखरामा किन घट्यो पुस्तकको बिक्री?

पोखराका पुस्तक पसल सञ्चालक पाठकले पुस्तकप्रति रुचि नराख्दा बिक्री घटेको बताउँछन्। तर लेखकहरू भने आर्थिक मन्दीमा पुस्तक बिक्री घट्दा पठन संस्कृति हराएको भन्न नमिल्ने जिकिर गर्छन्।

व्यक्तिगत खर्चमा पाटी संरक्षणमा जुटेका आइतबहादुर घले

वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेपछि व्यास नगरपालिका–४ का आइतबहादुर घले आफैँ पाटी संरक्षणमा लागेका छन्। 

विश्व कुष्ठरोग दिवस मनाइँदै: मधेश प्रदेशमा अधिक कुष्ठरोगी

गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।

वडा कार्यालयमा स्तनपान कक्ष 

कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।

चिया टिपाइमा सुधार गर्न किसानलाई हातेमेसिन 

सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। ‍यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ।

तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्ड कालोपत्रका लागि बजेट अभाव भएको छ।