बलले सीमा क्षेत्रका जनतामा सुरक्षा र विश्वासको वातावरण कायम गर्न त्यस भेगका वडाध्यक्षसँग जनचेतनामूलक अन्तरक्रिया गरिरहेको छ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो।
म भानुभक्त, घिमिरे, देवकोटाको कुरा गर्थें। लक्ष्मण सर बैरागी काइँला, श्रवण मुकारुङ, स्वप्नील स्मृतिको कुरा गर्नुहुन्थ्यो। म छन्दको कुरा गर्थें, उहाँ धमेन्द्रविक्रम नेम्वाङको रंगवाद सुनाउनुहुन्थ्यो।
उनीहरूबीच सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।
विगत दुई महिनादेखि बिरामी परेका उनलाई कम्पनीले नेपाल फर्किन दिएको थिएन, उल्टै पासपोर्ट रोकेर राखेको थियो।
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर रानाले च्याउ खेतीमा ३० लाख रुपैयाँ लगानी गरेका छन्। वर्षमा २७ लाखसम्मको च्याउ बेच्छन्। खर्च कटाएर १० लाख रुपैयाँ बचत हुन्छ।
यानको सोलर प्रविधिले बिजुली उत्पादन गर्न नसकेको र उक्त समस्या समाधान गर्न नसके केही घण्टामा यानको काम बन्द हुने अधिकारीले बताएका छन्।
कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकामा जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन्।
राजनीतिसम्बन्धी धेरै बहस हुन्छ, व्यवस्था परिवर्तनको कुरा सधैँजसो उठ्छ, तर नेपाललाई कसरी आर्थिक रूपमा स्वतन्त्र बनाउने भन्ने विषयमा बिरलै छलफल हुन्छ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले कार्यकाल सकिनुभन्दा १६ दिन अगाडि राजीनामा दिएका छन्।
गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको छ। स्थानीयबीच काम गर्ने प्रतिस्पर्धा नै चलेको छ।
१५ शय्याको अस्पताललाई ५० शय्याको बनाइएको छ। तर, कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन। भएका पनि आधाभन्दा बढी रिक्त छन्।
गाउँपालिकाले किसानलाई तोरी उत्पादनमा प्रोत्साहन गर्ने नीति लिएको छ। कम मिहिनेत लाग्ने भएकापछि किसान पनि यसमा आकर्षित भएका छन्।
परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धमा मृत्यु भएका नेपालीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग आग्रह गरेका छन्।
धनकुटामा माले राजनीति शुरू भएपछि जिल्ला हेडक्वाटर महेश्वरमान सरको घर नै हुन पुग्यो। घरबेटी उहाँकै भतिजा चिरञ्जीवीमान श्रेष्ठ थिए। यो गुप्त कार्यालयमा मदन भण्डारीलगायत नेताहरूले पनि आश्रय लिएका थिए।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रुकुम पश्चिममा १६ हजार ३४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार ४९७ निर्माणाधीन छन्।
परियोजना निर्माणमा ११७ रुखले बाधा पुर्याउँदा सडक निर्माणमा ढिलाई भएको हो।
दातृ निकायमा संलग्न व्यक्तिबाट हुनसक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ प्रशिक्षण प्रदान गरिएको हो।
युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले जोड दिनुपर्ने बताए।