गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ।
पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको जनस्तरबाट टिप्पणी हुने गरेको छ।
'अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान'ले यस वर्षको साहित्य सम्मान पुरस्कार संयुक्त रूपमा कवि विमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बास्कोटालाई प्रदान गर्ने भएको छ।
समितिले एनसेलको खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको स्रोत र कम्पनी सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशसमेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको छ।
गणेश थापाले एन्फा भित्र्याएका, कर्माछिरिङ शेर्पाले कार्यसमिति सदस्य बनाएका दावालाई पंकजविक्रम नेम्वाङले उपाध्यक्ष बनाए। तिनै दावा लागुऔषध कारोबारमा ५ वर्ष कैद तोकिएका फरार अभियुक्त हुन्।
एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले सबै कमिटीका पदाधिकारी तथा सदस्यको चयन महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचितबाट गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।
गण्डकीलाई ६ विकेटले पराजित पुलिसले प्रधानमन्त्री कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अर्को खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।
युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
पहिले यो प्राचीन शहरको हरेक टोलमा हिटीबाट सफा पानी आउँथ्यो। अहिले त अधिकांश हिटीहरू आफैँ तिर्खाइरहेझैँ देखिन्छन्।
त्रिवेणीका ८७ वर्षीय भैरवप्रसाद शर्माका अनुसार पूर्व–पश्चिम राजमार्ग बन्यो, उता ट्रक बस चल्न थाले, यता कुनै बाटोले जोडिएन, डुंगाहरू चल्न छाडे, बिस्तारै यहाँको रमझम हराउँदै गयो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन्।
आईसीसी सदस्यका रूपमा श्रीलंका क्रिकेटले दायित्व उल्लंघन गरेको भन्दै गत नोभेम्बरमा निलम्बन गरेको थियो।
गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका साझा अधिकारका बारेमा छलफल नहुनु दुःखको कुरा भएको बताएकी छन्।
भारतबाट अवैधरूपमा कपडा, खाद्यान्न तथा हार्डवेयरका सामान ल्याउने गरेका छन्।
लुम्बिनी केबलकार प्रालिले निर्माणकालमा स्थानीयसँग भएका सम्झौता पालना नगरेको भन्दै बुटवल तथा पाल्पाका आयोजनाक्षेत्र आसपासका वासिन्दाले माग पूरा नभए केबलकार चल्न नदिने चेतावनी दिएका छन्।
कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा हुने छ।
चीनको एक चौथाइ अर्थतन्त्र घरजग्गा उद्योगबाट चल्छ। अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ।