AnonymousUser

Logout

अध्यागमन विभागले शुरू गर्‍यो ई–भिसा र अनलाइन भुक्तानी सेवा

विभागले शुल्क तथा जरिबाना नेपालका मोबाइल बैंकिङ र वालेट सेवा प्रदायकमार्फत भुक्तानी गर्न सकिने जनाएको छ। सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्र्याक’ गर्न सक्ने छन्।

रुसको राष्ट्रपति चुनावमा युद्धविरोधी बोरिसको उम्मेदवारी अस्वीकार 

बोरिस नादेजदिन युक्रेनमा पुटिनको युद्धका कट्टर विरोधी र आलोचक पनि हुन्।

तथ्यांक भन्छ– नेपालका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानमध्ये महिलाको स्वामित्वमा २६ र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पाइएको छ।

किसानले फागुनभित्र दूधको भुक्तानी पाउँछन्: कृषिमन्त्री

चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन्। मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले बिक्रीमा समस्या भएको उल्लेख गरेका छन्। 

राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित परिवार

हात्तीपीडितका लागि माग गरिएको ५८ लाख २८ हजार रुपैयाँ राहत रकम आउन ढिलो हुँदा समस्या भएको वन कार्यालय झापाले जनाएको छ। 

पाकिस्तानको चुनावः इमरानलाई एआई र शरिफलाई सेनाको साथ, कसलाई कति राहत

शक्तिशाली सेनाले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई नयाँ प्रधानमन्त्रीको रूपमा देख्न र अर्का पूर्वप्रधानमन्त्री इमरान खानलाई हराउन चाहेको टिप्पणी चुनावी प्रक्रियालाई नियालिरहेका विश्लेषकहरूले गरेका छन्। 

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले  सम्झौतामा हस्ताक्षर गरेका छन्।

चिराइतो मूल्य बढ्दो, उत्पादन भने घट्दो

उत्पादन लागतसमेत नउठ्ने भएपछि किसानले चिराइतोको खेती गर्न छाडे। जसका कारण अहिले बजार मूल्य बढ्दै गएको छ, तर उत्पादन भने घट्दै गएको छ। अहिले प्रतिमन ४५ हजार रुपैयाँमा बिक्री भइरहेको छ।

कोशीमा पहिचान पक्षधर र प्रदेश सरकारबीच वार्ता जारी

वार्तालाई पहिचान पक्षधरले उठाउँदै आएका माग सम्बोधनको पहिलो कदमको रूपमा लिनुपर्ने वार्ता समितिका संयोजक तथा मन्त्री जबेगूले बताएका छन्। 

छोरी र बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

पालिकाभित्रका छोरी र विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक पढाइरहेको छ। यसले पैसाको अभावमा पढाइ छाड्नुपर्ने, कम उमेरमा विवाहलगायत समस्या घट्ने पालिकाको विश्वास छ। 

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनोट

सिफारिस समितिले आवेदन दिएका ४३ जनाबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनालाई छनोट गरेको छ। 

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, बजार भने अभाव

सोलुखुम्बुमा उत्पादित सुन्तला जिल्ला बाहिर पठाउन सकिएको छैन। सुन्तलाले बजार नपाउँदा कुहिएर खेर जाने गरेको किसानको गुनासो छ। 

रुख कटानभन्दा झनै विनाशकारी डढेलो

काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउ निको हुन धेरै समय लाग्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।

टीकापुर नगर विकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियारले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तराईमा बिहानैदेखि हुस्सु, कोशीको उच्च पहाडमा हिमपातको सम्भावना

देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बाँसबारी जग्गा प्रकरण : जग्गा फिर्ता ल्याउन मालपोतले जारी गर्‍यो २१ दिने सूचना

सीआईबीका एसएसपी दिनेश आचार्यले पनि भूमि सुधार तथा मालपोत कार्यालयले २१ दिने सूचना जारी गर्दै पत्राचार गरेको जानकारी आफूले प्राप्त गरेको बताए।

अदालतले बढुवाको कानूनी बाटो खोलिदिए पनि रोकिएन बीपी प्रतिष्ठानमा आन्दोलन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रूपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन्।

सरकारले गर्‍यो हुलाक सेवाका १ हजार ६३६ दरबन्दी खारेज

सरकारले हुलाक सेवाका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ।

नेपाल लिटरेचर फेस्टिभलको तयारी पूरा, ५० बढी सेसन हुने

नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत्प्रवचन दिने छन्।

उद्योगहरूमा १० घण्टासम्म लोडसेडिङ, ‘छवि बचाउन’ औपचारिक घोषणा गर्दैनन् कुलमान

औद्योगिक क्षेत्रमा दैनिक १० घण्टासम्म लोडसेडिङ भइरहे पनि विद्युत् प्राधिकरणले औपचारिक तालिका सार्वजनिक नगर्दा ठूलो क्षति बेहोर्नु परिरहेको उद्योगीहरूको गुनासो छ। किन लोडसेडिङको औपचारिक घोषणा हुँदैन?

यो ब्लक वेबसाइटबाट हटाइएको छ।