AnonymousUser

Logout

भू–माफिया पोस्न र कार्यकर्तालाई जग्गा बाँड्न कानून नै बदल्ने तयारी

वन नै विकासको बाधक बनेको भाष्य निर्माण गरिरहेका प्रधानमन्त्री दाहाल भू–माफियालाई लाभ दिलाउन र कार्यकर्तालाई जग्गा बाँड्न सजिलो हुने गरी ऐन संशोधनको प्रयत्नमा जुटेका छन्।

कर्णालीका निजामती कर्मचारीलाई ७/७ दिन विवाह र पर्यटन बिदा

नियमावलीअनुसार कर्मचारीले विवाहमा सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने तर कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ।

झन्डै ३ हजारलाई शहीद घोषणा गर्दै छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू तेस्रो पटक प्रधानमन्त्री भएपछि ‘माओवादी जनयुद्ध’ र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको बताए।

प्रयोगमा आएन कालीकोटमा निर्मित नमूना बस्ती

विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।

चक्रव्यूहमा नेपालको जलस्रोत, चक्रव्यूहमा राजनीति

खारिएको अनुभव र व्यापक ज्ञान, क्षमता भएका ढुंगेलले हिमालदेखि तराईसम्म पानीको बहुप्रयोगबारे थप केही कुरा पाँचसात पृष्ठमा समेटेको भए भोलिका नीति–निर्माताका लागि राम्रै सिकाइ हुन्थ्यो।

देशको समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण छ : गृहमन्त्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक समृद्धि र स्थिरतामा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्। 

जंगल सफारी

शीतलहर छल्दै जंगल सफारी

देशभर चिसो बढेको छ। यस्तो जाडोमा जंगली जनावर र चराचुरुंगी के गरिरहेका होलान्? शनिबारको फोटो फिचरमा, चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको दिनचर्या। चिसो मौसममा धेरैजसो जनावर घाम ताप्न बाहिर निस्कने भएकाले धेरै प्रजातिका चराचुरुंगी र जनावर देख्न सकिन्छ। यस बेला बाह्य पर्यटकको चहलपहल भने कम हुने गर्छ। निकुञ्जको बिहानी घाम नलागी हुस्सुबाट शुरू हुन्छ। दिउँसो जनावरहरू घाम ताप्न हिँडिरहेको देख्न सकिन्छ। यहाँ गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिँगे, बाँदर, लंगुरलगायत ६० भन्दा बढी प्रकारका स्तनधारी जंगली जनावर पाइन्छन्। तस्वीर: स्कन्द गौतम

प्रधानमन्त्री कप: बागमतीसँग लुम्बिनी ६ विकेटले पराजित

९ खेलबाट १२ अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ। ६ खेलमा समान अंक रहेको पुलिस शीर्ष स्थानमा छ। 

इलाममा बढे पर्यटक, ६ महिनामा ८५ हजार जना भित्रिए

इलामका पर्यटकीय क्षेत्र कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन्।

गगन थापाले झापाबाट थाले ‘संवाद यात्रा’

जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको शरूआत गरेको थापाले बताएका छन्।

साहित्यकार, संगठक र विचारक मित्रलाई अन्तिम बिदाइ

प्राडा पाण्डेयको मूल व्यक्तित्व मार्क्सवादी समालोचक र साहित्य चिन्तकको हो। उहाँ राम्रो कवि पनि हुनुहुन्थ्यो। नेपालको मार्क्सवादी समालोचना क्षेत्रको थोरै उल्लेखनीय व्यक्तित्वहरूको लहरमा पर्नुहुन्छ।

काठमाडौँमा यस वर्षकै न्यून तापक्रम

काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 

सडक स्तरोन्नति नहुँदा सुन्तला ढुवानी गर्न कठिनाइ

वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न सक्दैनन्। यसले किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ।

काठमाडौँ महानगरमा कटन क्यान्डी बिक्री गरे २ लाखसम्म जरिबाना

नमूना परीक्षण गर्दा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ पाइएकाले क्यान्डीको बिक्रीमा रोक लगाउनुपरेको महानगरको भनाइ छ। 

केराको थामबाट रेसा, कपडा र कार्पेट बनाउन प्रयोग गरिने

खेर गइरहेको केराको थामबाट रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ।

राममाया च्यामिनीलाई सम्झने कसले?

राममाया एउटा हातमा कुचो र अर्कोमा बोरा बोकेर सरसफाइ गर्न नियमित आउँथिन्। चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको राजबन्दीतिर पुर्‍याउँथिन्। पहरा दिन खटिएका सिपाही उनीसँग छिल्लिएर कुरा गर्थे।

एयरबसले भारतमा हेलिकप्टर ‘एसेम्बली लाइन’ खोल्ने

दुई वर्षभित्र सञ्चालनमा आउने एसेम्बली लाइनले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकलाई एसेम्बल र परीक्षण गर्ने र भारत तथा छिमेकी मुलुकमा ग्राहकलाई हेलिकप्टर प्रदान गर्नेछ। 

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीको उच्च पहाडमा हिमपातको सम्भावना

देशभर चिसो अत्यधिक बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

विमानस्थल घटनाबारे छानबिन गर्न समिति गठन

त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटना छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।

फरार नगरप्रमुखलाई खोज्न ‘रेड नोटिस’ जारी

नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १४८१ जनाले उजुरी दर्ता गराएका छन्। बागलुङमा मात्रै सहकारीले ८०० सेयर सदस्य र ३२०० बचतकर्ताको डेढ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।