तातोपानीको मुहान वरपर झरना र तलाउ चिसोले जमेर बरफ बनेको छ। बेनी–जोमसोम–कोरला सडकमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ गाउँदेखि ३० मिनेट गाडीमा यात्रा गरेपछि यहाँ पुगिन्छ।
जुम्लामा बिहीबार बिहानैदेखि हिमपात भइरहेको छ। हिमपात भएसँगै हवाई सेवा भने अवरुद्ध भएको छ।
विश्व ध्रुवीकरण, नेपालको भूराजनीतिक अवस्थिति र राष्ट्रिय सुरक्षाबीचको अन्योन्याश्रित सम्बन्धको सन्दर्भमा नेपालले आफ्नो हितलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञको सुझाव छ।
लिभरपुल २२ खेलबाट ५१ अंकसहित शीर्ष स्थानमा कायम छ। म्यानचेस्टर सिटी २१ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा छ।
नेपाली चिकित्सकको टिमले नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषलाई उनकी श्रीमतीले कलेजो दिएकी थिइन्।
किसानलाई बाँदर तथा अन्य जीवको समस्या सर्वत्र छ। तर बाँदर मारेर या रुख ढालेर समस्या सुल्झिँदैन। त्यसबाट त प्राकृतिक असन्तुलन भई अझै जटिल समस्या हामीले झेल्नुपर्ने हुनसक्छ।
देशभर अत्यधिक चिसो रहेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाइएको छ। यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १५ रुपैयाँले बढेको निगमले जनाएको छ।
४२ मिटर लामो पुलको पुनर्निर्माण गर्न करिब ४५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ।
सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि नेपालको ब्याटिङ प्रदर्शन औसत मात्रै रह्यो।
कारखानाबाट गहना बनाएर पसलतर्फ लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको व्यवसायीहरूको भनाइ छ
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा छलफल भएको छ।
देशका पहाडी जिल्लामा बालीनाली खाएर कृषकलाई हैरान पारिरहेको बाँदरलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा घोषणा गरिए किसानलाई अल्पकालीन राहत मिल्ने सरोकारवालाहरू बताउँछन्।
कार्यालयले विगत छ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार ७०५ जना रहेका छन्।
नागरिक अभियन्ताहरूले भारतीय कम्पनीलाई नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा दिँदा रणनीतिक स्वार्थमा ठूलो आघात पर्ने बताएका छन्।
काठमाडौँ उपत्यकाका ठाउँठाउँमा अहिले ‘बबल टी’ पसल खुलेका छन् जहाँ परम्परागत चियापसल र ‘क्याफे’हरूमा पाइनेभन्दा भिन्न पेयको स्वादले सबै उमेरका ग्राहकहरूलाई तानिरहेको भेटिन्छ।
उनी सवार मोटरसाइकललाई त्यही दिशातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
बुधबार सम्पन्न खेलमा कर्णालीसँग एपीएफ २१ रनले पराजित भएको हो। योसँगै एपीएफले 'थ्री डे एलिट ट्रफी' पनि खेल्न नपाउने भएको छ।
बुधबार नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा कायम भएको हो।