उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
संसद् अधिवेशन जारी रहँदासम्म सांसदहरूलाई काठमाडौँ नछोड्न र बैठकहरूमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
उनीहरूले आफ्नो देशको सरकारले विशेषज्ञ सल्लाहको बेवास्ता गरेको बताएका छन्।
नेपाली सेनाकै एक वरिष्ठ अधिकृतले समेत रुसी सेनामा भर्तीबारे सूचना दिई एजेन्टको काम गरेर युद्धमैदानमा पठाएको पाइएको छ। धादिङ घर भएका तिनले सेनाका धेरै भूतपूर्व र बहालवाला जवानलाई पठाएको सूचना छ।
रास्वपाले संविधानमा व्यवस्था भएअनुसारका मुख्य–मुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्याउने गरी सरकारलाई दबाब दिने निर्णय गरेको छ।
सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्।
प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
२०७८ कात्तिक मसान्तसम्म सक्नुपर्नेमा तीन पटक म्याद थप गर्दा जम्मा ६० प्रतिशत काम भएको छ। सडक साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्दा निकै जोखिम मोल्नुपरेको स्थानीयको भनाइ छ।
अपराध तथा ठगीमा संलग्न राजनीति पृष्ठभूमि भएका मानिस पक्राउ पर्दा दलहरूले, कर्मचारी पक्राउ पर्दा कर्मचारी संगठनले र उद्योग–व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने गरेको गृहमन्त्रीको भनाइ छ।
आईसीसी यू१९ विश्वकपअन्तर्गत बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ।
हाल कोल्टी अस्पताल बाजुरामा कार्यरत डा. रञ्जितकुमार साहले धनुषा अस्पतालको इमर्जेन्सी टिकट प्रयोग गरेर बनाएको फर्जी रिपोर्ट एक महिलाले घरेलु हिंसाको प्रमाण भन्दै भारतको सितामढी अदालतमा पेश गरेकी हुन्।
टीआरसी विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने ओलीको भनाइ छ।
नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।
हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्। बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्।
महासचिव गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायको खोजी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खा क्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको छ।
बिहीबार राति रियल मड्रिडले गेटाफेलाई २–० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल जोसेलुले गरे।
संसदीय समिति गठन गर्न सकिने विषय हाम्रो संविधानमा नै उल्लेख छ। संसदीय समितिले सदन नचलेको बेलामा पनि काम गर्न सक्ने भएकाले संसद् सधैँ चलेझैँ अनुभूति पनि दिलाउँछन्।
दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ।
कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ।